काठमाडौं। पर्साको वीरगञ्ज महानगरपालिका-२ को छपकैयास्थित् मस्जिदमा आश्रय लिएर बसेका तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरूको ‘ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ’को काम शुरू गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पुनः परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको भन्दै तीनै जनाको संसर्गमा रहेका व्यक्तिहरूको पहिचान र उनीहरू गएको स्थानको अध्ययन थालिएको हो।
उक्त मस्जिदमा आश्रय लिएर बसिरहेका ३७, ४४ र ५५ वर्षीय तीनै जना भारतीय नागरिक कहिले नेपाल आएका हुन् र उनीहरू कहाँ-कहाँ पुगे भन्ने खुलिसकेको छैन।
मस्जिदमा बसिरहेका २१ जनाको २७ चैतमा थ्रोट स्याब परीक्षण गरिएको थियो। तीमध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बाँकीको रिपोर्ट नेगेटिभ आएको थियो।
तीन जनाको पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। २९ चैतमा जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि रिपोर्ट पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ।
उक्त मस्जिदमा ती संक्रमितसँगै रहेका अन्य २६ जनालाई वीरगञ्जकै सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको छ।
यी भारतीय नागरिकले आफूहरू दुई/तीन महिना अघि देखि नै नेपाल आएको दाबी गरेका छन्। तर, स्थानीयले भने दुई साता अघिदेखि मात्रै मस्जिदमा देखिएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता, डीएसपी वीरेन्द्र शाहीले मस्जिदमा रहेका भारतीय नागरिक कहिले नेपाल आएका हुन् भन्ने बारे अनुसन्धान भइरहेको बताए।
“उनीहरू कहिले नेपाल प्रवेश गरेका हुन् भन्नेबारे हामीले अनुसन्धान गरिरहेका छौँ”, डीएसपी शाहीले, “अन्य पनि यहाँ आएर यसैगरी मस्जिद लगायतमा बसेका छन् कि त्यो पनि हेरिरहेका छौँ।”
" /> काठमाडौं। पर्साको वीरगञ्ज महानगरपालिका-२ को छपकैयास्थित् मस्जिदमा आश्रय लिएर बसेका तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरूको ‘ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ’को काम शुरू गरिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पुनः परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको भन्दै तीनै जनाको संसर्गमा रहेका व्यक्तिहरूको पहिचान र उनीहरू गएको स्थानको अध्ययन थालिएको हो।

">