प्राडा लुइँटेललाई अनेसास विशिष्ट प्रतिभा पुरस्कार
तीन सदस्यीय पुरस्कार छनोट समितिको केही दिनअगाडि अमेरिकामा बसेको बैठकले साहित्यकार प्रा. डा. लुइँटेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

उक्त पुरस्कारको राशि दुई हजार ५०० अमेरिकी डलर छ।

अन्तरर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा, साहित्यको विकास र अन्तरराष्ट्रियकरणका साथै अनेसासको वृहत्तर विकासमा विशिष्ट योगदान गरेका व्यक्तिलाई  हरेक दुई वर्षमा उक्त पुरस्कार दिँदै आएको छ।

नेपाली भाषा साहित्यको विकासमा अनवरतरूपमा लागेर आप्रवासमा नेपाली भाषा, साहित्यको विस्तार, संवर्द्धन र संरक्षणमा दिएको योगदान र नेपाली भाषाको अन्तर्राष्ट्रियकरणमा गरेको भूमिकाका आधारमा यस्तो निर्णय गरिएको उक्त समितिले जनाएको छ।

अमेरिकाको क्यालिफोर्निया निवासी लामाले स्थापना गरेकाे साे पुरस्कार यसअघि सन् २०१७ मा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो।

आगामी १० नोभम्बरमा अमेरिकाको वासिङ्टन डिसीमा आयोजित समारोहमा उक्त पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्