काठमाडौं। विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने साउथ एशिया इकोनमिक फोकस प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशत मात्रै हुने बताएको छ।
नेपाल सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्यभन्दा यो असाध्यै थोरै हो। सरकारले चालू आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो।
विश्वभरको अर्थतन्त्रमा कोरोना भाइरस संक्रमणको दुस्प्रभाव परेको हुँदा लक्ष्यअनुसारको आर्थिक वृद्धिमा पुग्न नसक्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकले स्वीकारेका छन्।
कोभिड-१९ का कारण नेपालसहित दक्षिण एशियाली मुलुकको अर्थतन्त्र ४० वर्षयताकै कमजोर हुने विश्व बैंकको आकलन छ।
एशियाली विकास बैंक (एडीबी)ले गत साता सन् २०२० मा नेपालको अर्थतन्त्र ५.३ प्रतिशतले मात्रै बढ्ने आकलन गरेको थियो। तर, विश्व बैंकको प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर निकै कम हुने प्रक्षेपण गरेको छ।
" /> काठमाडौं। विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने साउथ एशिया इकोनमिक फोकस प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशत मात्रै हुने बताएको छ।नेपाल सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्यभन्दा यो असाध्यै थोरै हो। सरकारले चालू आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो।

">