काेभिड-१९ उपचार काेषमा कानून आयोगका पदाधिकारीले १५ दिनको तलब जम्मा गर्ने
<p>काठमाडाैं। नेपाल कानून आयोगका अध्यक्ष र उपाध्यक्षले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिन बराबरको तलब दिने भएका छन्।</p>
<p>आयोगका अध्यक्ष माधव पौडेलले कोरोना भइरसको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले बनाएको कोषमा १५ दिन बराबरको तलब दिने निर्णय गरेको बताए।</p>
<p>अन्य कर्मचारीको हकमा भने मुख्य सचिवको अध्यक्षमा सम्पन्न भएको बैठकबाट निर्णय भएबमोजिम रकम कट्टा गरी सम्बन्धित कोषमा दाखिल गर्ने आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्