मेचीनगर–११ मा रहेको बाँसबारी सामुदायिक वनमा तारजालीको कडा घेराभित्र पालिएका चार वयस्क हरिणलाई एक महीनाअघि कुकुरले चिथोरेर मारेपछि चिडियाघरका वन्यजन्तुको सुरक्षामा प्रश्न उठन थालेको छ।
एकैपटकमा यति धेरै दुर्लभ वन्यजन्तु मारिएपछि सर्वसाधारण, वन्यजन्तु संरक्षणमा लागेका संस्था, सञ्चारमाध्यम र सरकार सबैको ध्यान यसतर्फ तानिएको छ।
जिल्ला वन कार्यालयबाट दुई वर्षअघि मात्र पर्यापर्यटनका लागि वन्यजन्तु पाल्ने इजाजत लिएको बाँसबारी सामुदायिक वनका अध्यक्ष शम्भु राजवंशीले जनावरको लालनपालन, उपचार र रुचिकर आहारका बारेमा उचित जानकारी नभएका कारण पालिएका वन्यजन्तु मर्ने गरेको जानकारी दिए। उनले आफ्नो सामुदायिक वनले सञ्चालन गरेको चिडियाघरमा पालिएका अजिङ्गर र निगाले बाघको बच्चासमेत मरेको बताए।
गाउँलेले भेट्टाएका वन्यजन्तु वन कार्यालयलाई बुझाउने र वन कार्यालयले संरक्षणका लागि सामुदायिक वनहरूलाई जिम्मा लगाउने गर्दै आएका छन्।
घाइते अवस्थामा उद्धार गरिएका वन्यजन्तुसमेत सामुदायिक वनमै राख्ने गरिएको छ।
झापा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बाँसबारी, थोप्लेविरान, आदर्श र जुकेखाडी सामुदायिक वनले पर्यापर्यटनका नाममा वन्यजन्तु पाल्दै आएकाे बताए। त्यहाँका वनमा हरिण, हाडखोर, गिद्ध, बँदेल, खरायो, लाटकोसेरा, ढेडु बाँदर, बँदेल, भालु, अजिङ्गर, मृग, मलसाप्रो, खरायो, बेलायती मुसा र हुचिल, वनढाडेलगायत दुई दर्जन वन्यजन्तु र पंक्षी पालिएका छन्।
उनका अनुसार उद्धार गरिएका र घाइते अवस्थामा फेला पारिएका वन्यजन्तुलाई कार्यालयमा संरक्षण गरेर राख्ने ठाउँ नभएका कारण सामुदायिक वनलाई नै बुझाउनुपर्ने बाध्यता छ।
सामुदायिक वनहरूले पालेका वन्यजन्तु उचित संरक्षणको अभावमा मरेका घटना गुपचुप हुने गरेका छन्।
झापामा विगत पाँच वर्षमा १५ भन्दा बढी अजिङ्गर नै सामुदायिक वनको मिनी चिडियाखानामा मरिसकेको अनुमान छ तर यसको आधिकारिक तथ्याङ्क कुनै निकायले राखेको पाइँदैन।
कालिका सामुदायिक वनले डेढ वर्षअघिदेखि वन्यजन्तु पाल्न शुरु गरेको हो। चारआली पशु सेवा केन्द्रबाट प्राविधिक बोलाएर कर्मचारीलाई वन्यजन्तु स्याहारसम्बन्धी तालिम दिन थालिएको उक्त सामुदायिक वनका अध्यक्ष योगेश भट्टराईले बताए।
महीनामा २३ हजार रूपैयाँ वन्यजन्तुको आहारमा खर्च हुँदै आएको र वनमा पालिएकामध्ये एउटा हरिण, दुई अजिङ्गर र केही बँदेल मरिसकेकाे उनको भनाइ छ।
जिल्लामा सबैभन्दा बढी वन्यजन्तु पाल्ने सामुदायिक वन कनकाइको जामुनखाडी हो। उक्त वनका अध्यक्ष ख्याम सिटौलाका अनुसार भालु, अजिङ्गर, मृग, मलसाप्रो, खरायो, बेलायती मुसा र हुचिल, वनढाडेलगायत दुई दर्जन प्रजातिका जीवजन्तु र चरा त्यहाँ पालिएका छन्।
प्रदेश १ को नमूना चिडियाघरको रूपमा इजाजत पाएको यस सामुदायिक वनमा समेत कुन बेला कति जनावर मरे भन्ने लेखाजोखा छैन।
यहाँ हरिणको बथाननै पालिएको छ। डिभिजन वन कार्यालय झापासँग २०६५ यता चितुवा, अजिङ्गर, चित्तल, डल्फिन, हाडखोरलगायत १० र जङ्गली हात्ती १० गरी २० वन्यजन्तु मरेको तथ्याङ्क छ।
सामुदायिक वनको चिडियाघरमा कति वन्यजन्तु मरिसके भन्ने तथ्याङ्क राख्ने गरेको पाइएन।
सामुदायिक वनहरूले सञ्चालन गर्दै आएको मिनी चिडियाघरले आन्तरिक पर्यटन र वन्यजन्तुको संरक्षणमा योगदान पुर्याएको यथार्थलाई नकार्न नसकिए पनि आम्दानी दिने चिडियाघरमा पालिएका निरीह वन्यजन्तुको सुरक्षा, स्याहार र उपचारमा पर्याप्त ध्यान पुग्न नसकेको सरोकारवालाहरूले बताएका छन्।
- चन्द्रकला भण्डारी/रासस
" /> मेचीनगर–११ मा रहेको बाँसबारी सामुदायिक वनमा तारजालीको कडा घेराभित्र पालिएका चार वयस्क हरिणलाई एक महीनाअघि कुकुरले चिथोरेर मारेपछि चिडियाघरका वन्यजन्तुको सुरक्षामा प्रश्न उठन थालेको छ।एकैपटकमा यति धेरै दुर्लभ वन्यजन्तु मारिएपछि सर्वसाधारण, वन्यजन्तु संरक्षणमा लागेका संस्था, सञ्चारमाध्यम र सरकार सबैको ध्यान यसतर्फ तानिएको छ।

">