पूर्वराजा शाहले घोषणा गरेको दुई करोड कोभिड-१९ रोकथाम कोषमा जम्मा

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड-१९ रोकथामका लागि घोषणा गरेको रकम आज हस्तान्तरण भएको छ।

कोभिड-१९ रोकथाम, राहत तथा उपचार कोषमा पूर्वघोषित दुई करोड रूपैयाँ हिमानी कोषमार्फत् आज हस्तान्तरण गरिएको हो।

हिमानी कोषका कर्मचारीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईँलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

पूर्वराजा शाहले १८ चैतमा दुई करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्