भाटभटेनीद्वारा सुदूरपश्चिम सरकारलाई २५ लाख सहयोग <p>काठमाडौं। भाटभटेनी सुपर स्टोर प्रालिले कोभिड-१९ को परीक्षण एवं उपचारमा सहयोग पुर्&zwj;याउने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारलाई २५ लाख रूपैयाँ सहयोग गरेको छ।</p> <p>भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा मन्त्री बिना मगरलाई २५ लाखको चेक हस्तान्तरण गरेका थिए।</p> <p>कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले सुदूरपश्चिम सरकारसँग समन्वय गर्ने जिम्मेवारी खानेपानीमन्त्री मगरलाई दिएको थियो। &nbsp;</p> <p>मन्त्री मगरले सुदूरपश्चिम प्रदेश सरकारलाई उक्त चेक हस्तान्तरण गर्नेछिन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्