सहकारीले दियो चन्द्रागिरि नगरपालिकालाई एक लाख रूपैयाँ
काठमाडौं। देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चन्द्रागिरि नगरपालिकालाई एक लाख एक हजार रूपैयाँ सहयोग गरेको छ।

कार्यालयमा आज आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष रामनारायण घिमिरेले चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीलाई रकम हस्तान्तरण गरे।

नगर प्रमुख गिरीले विपद्मा सबैको साथ र सहकार्य आवश्यक रहेको बताए। ‘लकडाउन’का कारण समस्यामा पर्ने नगरबासीलाई पारदर्शी रूपमा उक्त रकम खर्च गरिने उनले बताए।

स्थानीय सरकारको प्रतिनिधि, स्थानीय जनसेवकलगायत सबैले विपद्को समयमा आफूले सक्ने सहयोग गर्नुपर्ने उनले बताए।

“पहिले भूकम्प र अहिले लकडाउन भनेकै एकले अर्कालाई सहयोग गर्नुपर्ने समय हो”, उनले भने।

संस्थाका अध्यक्ष घिमिरेलले नगरपालिकाको पहिलो सहकारीको तर्फबाट सहयोग रहेको रहेको बताए।

विपत्तिमा परेका समुदायलाई सबैको थोपाथोपा सहयोगले उद्धार हुने उनले बताए।

“सबै सहकारी अभियन्ताले यस्तो अभियानमा साथ र सहयोग गर्न खाँचो छ”, उनले भने।

समाज रूपान्तरणका लागि हरेक वर्ष सीप विकास, लघुवित्त सामाजिक विकासलगायत जनमुखी र प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाले जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्