कोभिड-१९ रोकथाम कोषमा हिमालय एअरलाइन्सद्वारा एक करोड सहयोग
<p style="text-align:justify">काठमाडौं। हिमालय एअरलाइन्सले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमामा एक करोड रूपैयाँ सहयोग गरेको छ।</p>
<p style="text-align:justify">एअरलाइन्सले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई एक करोडको चेक उपलब्ध गराएको हो।</p>
<p style="text-align:justify">उक्त रकम कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिएको छ।</p>
<p style="text-align:justify">हिमालय एअरलाइन्सका प्रवन्धक विजय श्रेष्ठले मन्त्रीलाई भेटेर चेक हस्तान्तरण गरेका हुन्।</p>