नेकपा सुदूरपश्चिमका सांसदद्वारा कोरोना रोकथाम कोषमा सहयोग
<p style="text-align:justify">कैलाली। नेकपा सुदूरपश्चिमका ३० जना सांसदले कोरोना भाइरसको रोकथामका लागि आधा महीनाको तलब सहयोग गरेका छन्। </p>
<p style="text-align:justify">उनीहरूले आधा महीनाको हुन आउने पारिश्रमिक आठ लाख ४९ हजार ७५० रूपैयाँ कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा सहयोग गरेका हुन्। </p>
<p style="text-align:justify">उक्त रकमको चेक आज प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरिएको छ।</p>
<p style="text-align:justify">नेकपा सुदूरपश्चिमका प्रमुख सचेतक तारा लामा तामाङले उक्त चेक हस्तान्तरण गरेका हुन्।</p>