भोजपुरमा लकडाउन उल्लंघन गर्ने ४३ जना पक्राउ
<p>भोजपुर। लकडाउनको समयमा कामबिना बाहिर निस्किएका ४३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>
<p>सदरमुकाम तथा आसपासका क्षेत्रबाट पक्राउ गरिएकाहरूमा महिला १० र पुरुष ३३ जना छन्।</p>
<p>उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको परिसरमा ल्याएर कोभिड-१९ बाट बच्‍न अपनाउनुपर्ने सावधानीबारे सचेतना कक्षा सञ्चालन गरिएको छ।</p>
<p>फेरि लकडाउन उल्लंघन नगर्ने सर्तमा उनीहरूलाई छाडिएको भोजपुरका प्रहरी प्रमुख डीएसपी नरबहादुर सलामी मगरले बताए।</p>
प्रतिक्रिया दिनुहोस्