काठमाडौं। परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल परिसरमै भेटिए गोरखाका विनोद ओली। जो लकडाउनकाबीच १८ चैतमा यहाँ आइपुगेका रे। भाउजूलाई सुत्केरी व्यथामाथि अर्को व्यथा थपिएपछि यहाँ नल्याई भएन।
उच्च रक्तचाप र मधुमेह बढेको अवस्थामा गोरखामै सुत्केरी गराउन जोखिम देखेपछि भाउजूलाई लिएर आइपुगेका हुन् विनोद। उनीहरू काठमाडौं आउनु सार्थक पनि बन्यो। बच्चा र आमाको स्वास्थ्यलाई मध्यनजर गरी तत्कालै अप्रेशन गरेर जुम्ल्याहा बच्चा निकालियो। अहिले आमा र बच्चा दुवै स्वस्थ छन्। देवर र भाउजू एउटा-एउटा बच्चा च्यापेर हाँसीखुसी घर फर्किएका छन्।
“जोखिम त भइहाल्छ नि ! अब कोरोनाको डर भनेर पनि के गर्ने ? यस्तो अवस्थामा पर्खेर भएन। अस्पताल आयौं, उपचार गर्यौं, अब घर जाँदैछौं। सबैतिर कोरोना भनेर सुन्दा डर त लागेको छ। तर, अब राम्रो हुन्छ भनेर सोच्नुपर्यो”, ओलीले अस्पताल परिसरबाट निस्कन एम्बुलेन्स चढ्दै गर्दा देखापढीसँग भने।
हामी अस्पताल पुग्दा नरुद बेद श्रीमतीलाई डिस्चार्ज गर्ने कागज मिलाउँदै थिए। २६ चैतमा श्रीमतीलाई एक्कासि व्यथाले च्यापेपछि ललितपुरको कुपण्डोलबाट मोटरसाइकलमा हुइँक्याएर अस्पताल पुर्याएका रहेछन् नरुदले। अस्पताल पुर्याएकै दिन उनी बाबु बनेका रे।
“यस्तो समयमा रोकेर राख्न पनि मिलेन। कोरोनाको डर मानेर कसरी बस्ने र ? अस्पताल आइयो। यहाँ राम्रो उपचार भयो। अब आमा र बच्चा लिएर घर जाने हो”, हर्षित मुद्रामा नरुदले भने।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको परिवेश साँच्चै नै सामान्यवस्था जस्तो छ। प्रसव पीडाको अवस्था र त्यसपछि सन्तान प्राप्तिको खुशीका अगाडि कोरोनाको कहर गौण बनिदिएको छ यहाँ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतमका अनुसार अस्पतालको बहिरंग अर्थात ओपीडी सेवा अहिले बन्द छ। नियमित जाँचमा आउनेको संख्या केही कमी त भएको छ तर, आकस्मिकरूपमा र सुत्केरी हुन आउनेको संख्या पहिले जस्तै छ।
“अहिले पनि दिनहुँ ५० देखि ६० जना महिलाले प्रसूति सेवा लिइरहेका छन्। अत्यावश्यक ओपीडी सेवामा पनि दैनिक ५० जनाभन्दा बढी नै आइरहेका छन्”, निर्देशक गौतमले भने, “प्रसूति सेवा त अत्यावश्यकको पनि अत्यावश्यक हुन्छ नि। पछि गर्छु भनेर पनि हुँदैन। देशका विभिन्न ठाउँबाट आइरहनुभएको छ। हामीले सबैलाई सेवा दिएका छौं।”
काेभिड-१९ संक्रमित गर्भवतीलाई पनि उपचार गर्ने प्रबन्ध
अस्पतालले अहिलेको कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्थालाई मध्यनजर गरी तीनवटा वार्डको व्यवस्था गरेको छ। पहिलो जेनरल वार्ड। दोस्रो ज्वरो आएको गर्भावती महिला राख्ने। कुनै गर्भवती महिलालाई कोरोना भाइरस संक्रमण भएको भए त्यस्ताका लागि छुट्टै तेस्रो वार्ड तयार गरिएको छ।
अहिलेसम्म कोरोना भाइरस संक्रमित कुनै गर्भवती वा सुत्केरी नदेखिएकाले तेस्रो वार्ड प्रयोगमा आइसकेको छैन। तर, आवश्यक पर्नासाथै प्रयोग गर्न सकिने अवस्थामा छ। “त्यो (तेस्रो)वार्ड विशेष परिस्थितिका लागि हो। कोही कोराना भाइरस संक्रमित भएका महिला आए तिनलाई र तिनका बच्चालाई राख्ने बेड तयार गरेका हौं। हामी जस्तोसुकै परिस्थितिमा पनि सेवा दिन सक्ने अवस्थामा छौं”, निर्देशक गौतमले दाबी गरे।
अस्पतालको आकस्मिक कक्षमा आइपुगेकी महिलाको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर कुन वार्डमा पठाउने भन्ने निर्णय सोही कक्षबाट गरिन्छ।
" /> काठमाडौं। परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल परिसरमै भेटिए गोरखाका विनोद ओली। जो लकडाउनकाबीच १८ चैतमा यहाँ आइपुगेका रे। भाउजूलाई सुत्केरी व्यथामाथि अर्को व्यथा थपिएपछि यहाँ नल्याई भएन।उच्च रक्तचाप र मधुमेह बढेको अवस्थामा गोरखामै सुत्केरी गराउन जोखिम देखेपछि भाउजूलाई लिएर आइपुगेका हुन् विनोद। उनीहरू काठमाडौं आउनु सार्थक पनि बन्यो। बच्चा र आमाको स्वास्थ्यलाई मध्यनजर गरी तत्कालै अप्रेशन गरेर जुम्ल्याहा बच्चा निकालियो। अहिले आमा र बच्चा दुवै स्वस्थ छन्। देवर र भाउजू एउटा-एउटा बच्चा च्यापेर हाँसीखुसी घर फर्किएका छन्।

">