कैलाली। सुदूरपश्चिम प्रदेशबाट कोरोना भाइरसको पीसीआर प्रविधिका लागि अहिले सम्म २ हजार बढीको नमूना संकलन गरिएको छ।
प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले दिएको जानकारी अनुसार १ फागुनदेखि नमूना संकलन शुरू भएकोमा दुई महीनाको अवधिमा दुई हजार १७९ जनाको नमूना संकलन गरिएको हो।
यहाँका विभिन्न अस्पताल, नेपाली सेनाको टोली र संघीय सरकारले पठाएको टोलीले नमूना संकलन गरेका हुन्।
प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रका अनुसार अहिलेसम्म ६२९ जनाको मात्रै परीक्षण रिपोर्ट आएको छ भने एक हजार ५५० जनाको रिपोर्ट आउन बाँकी छ।
२९ चैतसम्म ५३ जनाको मात्रै नमूना परीक्षण गरिएकोमा आज २७० जनाको नमूना परीक्षण गरिएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले जनाएको छ।
आज परीक्षण गरिएका सबै २७० जनाको रिपोर्ट नेगेटिभ आएको छ।
संघीय सरकारले धनगढीमै दुई वटा परीक्षण प्रयोगशाला स्थापना गरेपछि अहिले प्रयोगशालामार्फत् हुने परीक्षणले समेत तीव्रता पाएको छ।
यस्तै, सुदूरपश्चिममा दुई हजार २३१ जनाको र्यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रले जानकारी दिएको छ।
अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा चार जनामा कोरोनाको संक्रमण देखिएको छ।
चारै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशबाट कोरोना भाइरसको पीसीआर प्रविधिका लागि अहिले सम्म २ हजार बढीको नमूना संकलन गरिएको छ।प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र डोटीले दिएको जानकारी अनुसार १ फागुनदेखि नमूना संकलन शुरू भएकोमा दुई महीनाको अवधिमा दुई हजार १७९ जनाको नमूना संकलन गरिएको हो।

">