बेलायती प्रधानमन्त्री बोरिस जोनसन डिस्चार्ज
<p>काठमाडौं। एकसाता अघि अस्पताल भर्ना भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन डिस्चार्ज भएका छन्।</p>
<p>कोभिड-१९ बाट संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा उनलाई आईसीयूमा राखिएको थियो।</p>
<p>१० अप्रिलमा स्वास्थ्यमा सुधार आएपछि उनलाई वार्डमा सारिएको थियो। आज उनी डिस्चार्ज भएका हुन्। यद्यपी उनी तत्कालै काममा भने फर्कने छैनन्। </p>
<p>कोभिड-१९ बाट बेलायतमा अहिलेसम्म ७८ हजार ९९१ जना संक्रमित भएका छन् भने ९ हजार ८७५ जनाको मृत्यु भइसकेको छ। </p>
प्रतिक्रिया दिनुहोस्