स्वास्थ्यमन्त्री ढकालले भने- औषधिमा आत्मनिर्भर हुनेगरी काम गरौँ

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने गरी काम गर्नुपर्ने बताएका छन्।

देउराली जनता फर्मास्युटिकल्स् प्रालिका तर्फबाट आज प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट बुझ्दै मन्त्री ढकालले आगामी दिनमा औषधिमा आत्मनिर्भर हुन सकियोस् भन्नेर काम गर्नुपर्ने बताए।

“औषधिहरू पर्याप्त उत्पादन गर्न लाग्नुस्। उत्पादन गर्ने कुरामा कठिनाइ छन् भने ती कठिनाइ हटाउन सरकार तपाइँहरूको साथमा हुनेछ”, मन्त्री ढकालले भने।

प्रालिका कार्यकरी निर्देशक हरिभक्त शर्माले आफू सधैँ सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउँदै उद्योगका तर्फबाट आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए।

हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइराला, मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्की र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल सहभागी थिए। रासस

प्रतिक्रिया दिनुहोस्