काठमाडौं। प्युठान घर भई भारतमा काम गर्दै आएका तीन जना १० चैतमा कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरे। नाकामा समातिएका तीनै जना प्युठानका विभिन्न गाउँपालिकाका बासिन्दा थिए।
प्रहरीले उनीहरूलाई सम्बन्धित गाउँपालिकासँग समन्वय गरेर पठायो। माण्डवी गाउँपालिका–४ उदयपुरकोट, मल्लरानी गाउँपालिका–१ चुँजा र ऐरावती गाउँपालिकाका उनीहरूलाई सम्बन्धित गाउँपालिकाले आफूले तयार पारेको क्वारेन्टाइनमा राखेका छन्। उनीहरूको नियमित स्वास्थ्य परीक्षण पनि भइरहेको छ। उनीहरूको पहिलो स्वाब परीक्षणमा कोभिड–१९ नेगेटिभ पाइएको छ।
कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय एक व्यक्ति महाकाली नदीमा ट्युबको मद्दतले भारतबाट नेपाल आए। ब्रह्मदेवबाट लुकिछिपी नेपाल आउन खोज्दा सशस्त्र प्रहरीको गस्तीले उनलाई समात्यो। सशस्त्र प्रहरीले गड्डाचौकी ल्याएर उनलाई बेदकोट नगरपालिकाको जिम्मा लगायो। नगरपालिकाले उनलाई क्वारेन्टाइनमा राख्यो। जाँचका क्रममा उनमा कोभिड–१९ पोजिटिभ पाइएपछि सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
दार्चुलामा ट्युबको सहारामा महाकाली तरेर नेपाल आएका व्यक्तिहरूलाई पनि स्थानीय तहका जनप्रतिनिधिहरूकै सक्रियतामा क्वारेन्टाइनमा राखिएको छ।
यी उदाहरणले देखाउँछन् कोभिड–१९ महामारीविरुद्धको लडाइँंमा स्थानीय सरकार नै अगाडि छन्। तर, उनीहरूसँग यो लडाइँ लड्ने आवश्यक स्रोत, साधन र जनशक्ति छैन।
डडेल्धुराको नवदूर्गा गाउँपालिकाले भारतबाट आएका ११ जनालाई क्वारेन्टाइनमा राखेको दुई साता भन्दा बढी भइसक्यो। तर, उनीहरूमा संक्रमण भए÷नभएको अहिलेसम्म टुंगो लागेको छैन। परीक्षण गर्ने किट नहुँदा उनीहरूलाई घर पठाउने कि क्वारेन्टाइनमै राख्ने भन्ने अन्योल छ।
“शंकास्पद देखिएकालाई परीक्षण गर्न किटको व्यवस्था छैन। क्वारेन्टाइनमा बसेकाहरूलाई कुनै परीक्षणविना १४ दिन बसाएर घर पठाउनुपर्ने अवस्था छ। उनीहरूको परीक्षण गर्ने साधन छैन। कसरी ? के परीक्षण गरेर घर पठाउने ? समस्या छ”, गाउँपालिका अध्यक्ष कबिन्द्रबहादुर विष्टले भने।
नवदुर्गा गाउँपालिकाले हरेक वडामा समन्वय समिति बनाएको छ। गाउँपालिकास्तरमा पनि समन्वय समिति बनाइएको छ। जसले गर्दा गाउँमा प्रत्येक घरमा हुने गतिविधि सिधै गाउँपालिकासम्म रिपोर्टिङ हने अध्यक्ष विष्टले बताए। भने, “वडा सदस्यहरू, स्वास्थ्य स्वयंसेविका, गाउँपालिकाका पदाधिकारी लगायतले सबैसँग समन्वय गरेर अगाडि बढिरहेका छौँ।”
उच्च जोखिममा रहेको सुदूरपश्चिमका स्थानीय सरकारसँग कुराकानीको क्रममा उनीहरूले सीमित स्रोत साधनका वावजुद पनि सक्दो तयारी गरेको पाइयो। स्थानीय सरकारले गाउँ नै सिल गर्ने, एक वडाबाट अर्को वडामा जान पनि प्रतिबन्ध लगाउने तथा बाहिरबाट आफ्नै गाउँमा आउँदा पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने लगायतका अभ्यास गरिरहेका छन्।
गाउँघरमा रहेका दैनिक ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत वितरणमा पनि स्थानीय सरकारले निकै प्रभावकारी काम गरिरहेका छन्। दार्चुलाको नौगाड गाउँपालिकाले भने स्थानीयको अवस्था हेरेर तत्काल राहत नदिने निर्णय नै गरेको छ। गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले गाउँघरमा सबैको घरमा पर्याप्त खाद्यान्न हुने भएकाले राहत नदिइएको बताए।
नेपाल नगरपालिका संघका सचिवालय सदस्य तथा बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले पनि स्थानीय सरकारले अहोरात्र खटेर काम गरिरहेको बताए।
“हामीसँग भएको सीमित बजेट तथा स्रोत–साधनको अत्यधिक प्रयोग गरिरहेका छौँ। हामी बस्ने नगर हाम्रो घर हो। हाम्रो घरमा यस्तो महामारी कसरी पस्न दिने ? त्यसैले त अरुको भन्दा पनि आफ्नै लागि सबै खटिएका छौँ”,उनले भने।
स्थानीय तहले आफ्नो क्षेत्रमा भएका स्वास्थ्य स्वयंसेविकादेखि स्वास्थ्य चौकी प्रमुखसम्मलाई परिचालन गरेर यसबारे जनचेतना फैलाउने, उनीहरूलाई रोगबारे जानकारी गराउने, स्वास्थ्य जाँच गर्ने लगायतका काम गरिरहेका छन्।
दार्चुलाको मालिकार्जुन स्वास्थ्य चौकी प्रमुख तेज रावतले सबैभन्दा तल्लो तहमा स्वास्थ्य स्वयंसेविकादेखि सबै स्वास्थ्यकर्मी अहोरात्र खटिएर काम गरिरहेको बताए।
“सुरक्षा सावधानीको साधनबिनै भए पनि यो महामारीविरुद्ध खटिएर काम गरिरहेका छौँ। गाउँघरमा स्वास्थ्य स्वयंसेविकाले हरेक घरको गतिविधि नियालेर वडा तहको समन्वयमा हामीलाई रिपोर्टिङ गर्नुहुन्छ। हामीले आफुले सक्ने उपचार, जनचेतना तथा अन्य काम गर्छौँ। हामीले सकेनौँ भने अन्यत्र पठाउने व्यवस्था गर्र्र्छौँ”, प्रमुख रावतले भने।
" /> काठमाडौं। प्युठान घर भई भारतमा काम गर्दै आएका तीन जना १० चैतमा कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरे। नाकामा समातिएका तीनै जना प्युठानका विभिन्न गाउँपालिकाका बासिन्दा थिए।प्रहरीले उनीहरूलाई सम्बन्धित गाउँपालिकासँग समन्वय गरेर पठायो। माण्डवी गाउँपालिका–४ उदयपुरकोट, मल्लरानी गाउँपालिका–१ चुँजा र ऐरावती गाउँपालिकाका उनीहरूलाई सम्बन्धित गाउँपालिकाले आफूले तयार पारेको क्वारेन्टाइनमा राखेका छन्। उनीहरूको नियमित स्वास्थ्य परीक्षण पनि भइरहेको छ। उनीहरूको पहिलो स्वाब परीक्षणमा कोभिड–१९ नेगेटिभ पाइएको छ।

">