‘प्रभु पे’का सुविधा अब सामान्य माेबाइलमा पनि
काठमाडौं। प्रभु पेले स्मार्ट फोन नहुने वर्गलाई लक्षित गरी मोबाइल वालेट सञ्चालन गरेको छ।

यो सँगै अब सामान्य मोबाइल ‘बारफोन’बाट पनि प्रभु पेका सुविधाहरू लिन सकिने भएको छ।

युएसएसडीमार्फत् मोबाइल रिचार्ज, टेलिफोन, टेलिभिजन तथा इन्टरनेटलगायतका बिल भुक्तानी घरमै बसीबसी गर्न सकिने प्रभु ग्रुपको सूचना तथा सञ्चार शाखाले जनाएको छ।

शाखाका अनुसार यसबाट रेमिट्यान्स भुक्तानीको सुविधासमेत प्रयोग गर्न सकिन्छ। एनसेलको सहकार्यमा प्रभु पेले यस्तो सुविधा ल्याएको हो, जसबाट म्यासेजहरू आदानप्रदान गर्दा शुल्क नलाग्ने सञ्चार शाखाले जनाएको छ।

यसरी प्रयोग गर्ने

एनसेल सीम भएका साधारण मोबाइल प्रयोगकर्ताले आरजी सहित कम्तीमा चार अंकको आफूले रोजेको नम्बर (जसलाई एमपीन भनिन्छ) लेखेर ३१०४१ मा एसएमएस गर्नुपर्छ।

त्यसपछि प्रयोगकर्ताको एनसेल नम्बर प्रभु–पेमा रजिष्टर्ड हुन्छ।  यति गरेपछि अब प्रयोगकर्ताले मोबाइलमा *31041*mpin# थिचेपछि विभिन्न सुविधाहरू मोबाइलमा देखिन्छ। आफूलाई चाहिएको सुविधा त्यसबाट लिन सकिन्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्