काठमाडौं। वीरगञ्ज महानगरपालिका-२, छप्कैयामा रहेको एक मस्जिदमा बसिरहेका तीनजना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरूको ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ चुनौतीपूर्ण देखिएको छ।
आज मात्र संक्रमण पुष्टि भएकामध्ये दुईजना भारतको उत्तर प्रदेशका हुन् भने एकजना दिल्लीका बासिन्दा हुन्। उनीहरू भारतबाट नेपाल कहिले आएका हुन् भन्ने यकिन जानकारी सरकारी निकायले भने अझै पाउन सकेका छैनन्।
“संक्रमित भएर आइसोलेसनमा रहेका तीनजना र क्वारेन्टाइनमा रहेका अन्यले यकिन कुरा भनिरहेका छैनन्”, सुरक्षा स्रोतले भन्यो, “उनीहरूले साँचो कुरा नबताएसम्म ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ गर्न कठिन हुन्छ।”
स्थानीयले छप्कैयाको उक्त मस्जिदमा ती भारतीय जमातीहरू दुई सातादेखि बस्दै आएको बताएका छन्। उनीहरू लकडाउनकै क्रममा लुकेर भारतबाट नेपालतर्फ छिरेका हुन् वा पहिलेदेखि नै यहाँ आएर बसेका हुन् भन्ने विषयमा सुरक्षा निकाय र मुस्लिम समुदायका अगुवाले पनि यकिन जानकारी लिन सकेका छैनन्।
उनीहरू भारतबाट नेपाल आउने बेला नै संक्रमित थिए वा यहाँ आएर संक्रमित भए भन्ने पनि खुलेको छैन। उनीहरूले प्रहरीसँग भने ३ देखि ५ फागुनसम्म सप्तरीको बोदेबसाइनमा भएको मुस्लिमहरूको धार्मिक सभामा सहभागी हुन आएको बताएका छन्।
“हामीले मस्जिदमा आएर बसेदेखि नै निगरानीमा राखिरहेका थियौं। लकडाउनलगत्तै नेपाल प्रवेश गरेको त अहिलेसम्मको अनुसन्धानले देखिँदैन, हामी अहिले अनुसन्धानमै रहेकाले यकिन भन्न सक्ने अवस्था रहेन।” - एसपी गंगा पन्त
उक्त धार्मिक सभामा सहभागी हुन आउने क्रममा नै उनीहरूमा संक्रमण देखिएको भए त्यो भेलामा सहभागी हुँदा र त्यसपछि अहिलेसम्म उनीहरू कहाँ-कहाँ पुगे त्यहाँसम्म नै जोखिम हुने देखिन्छ। सप्तरीको उक्त सभामा सहभागी भएर मोरङ, सुनसरीका समेत मस्जिद घुमेर वीरगञ्ज पुगेको पनि उनीहरूले बताएका छन्।
तर, उनीहरूको यो भनाइमा पनि सत्यता देखिँदैन। किनभने करीब दुईमहीना अघि उनीहरू नेपाल आएका थिए भने उनीहरूमा दुई महीनापछि कसरी संक्रमण देखियो भन्ने प्रश्न अनुत्तरित छ। उनीहरू नेपालमा भएको धार्मिक सभामा सहभागी हुँदै पुनः भारतको दिल्लीस्थित निजामुद्दीनको जमाती सभामा समेत सहभागी भएर नेपाल फर्किएको हुन सक्ने आशंका पनि गरिएको छ।
अन्यत्र संक्रमित नभएका हुन् भने वीरगञ्जकै उक्त मस्जिदमा बसिरहेको बेला संक्रमण पुष्टि हुनुले अर्को चिन्ता थपिएको छ। उनीहरू कि बाहिरबाटै संक्रमण लिएर आए वा नेपालमै संक्रमितको सम्पर्कबाट उनीहरूमा पनि संक्रमण देखियो । यो विषय थप गम्भीर रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गंगा पन्त तीनैजना आइसोलेसनमा रहेका बिरामी र क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङको विषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको बताउँछिन्।
“हामीले मस्जिदमा आएर बसेदेखि नै निगरानीमा राखिरहेका थियौं। लकडाउनलगत्तै नेपाल प्रवेश गरेको त अहिलेसम्मको अनुसन्धानले देखिँदैन”, उनले भनिन्, “हामी अहिले अनुसन्धानमै रहेकाले यकिन भन्न सक्ने अवस्था रहेन।”
भारत जानका लागि स्वास्थ्य सर्टिफिकेट पाइन्छ भनेर उनीहरू आफैं जाँच गराउन अस्पताल पुगेको एसपी पन्तले बताइन्। थ्रोट स्वाबको नमूना परीक्षणका क्रममा तीनजनामा कोरोना संक्रमण पोजिटिभ देखिएपछि उनीहरू केही आत्तिएर असहज व्यवहार गरेका थिए।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले संक्रमित बसेका क्षेत्र छप्कैया र आसपास क्षेत्र सिल गरेर संक्रमितको ट्राभल हिस्ट्री अध्ययन गर्ने र कन्ट्याक्ट ट्रेसिङ शुरू भइसकेको बताउँछन्। उनले अब आरडीटी प्रविधिबाट यस क्षेत्रमा परीक्षण तीव्र बनाउनुपर्ने बताए।
" /> काठमाडौं। वीरगञ्ज महानगरपालिका-२, छप्कैयामा रहेको एक मस्जिदमा बसिरहेका तीनजना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरूको ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ चुनौतीपूर्ण देखिएको छ।आज मात्र संक्रमण पुष्टि भएकामध्ये दुईजना भारतको उत्तर प्रदेशका हुन् भने एकजना दिल्लीका बासिन्दा हुन्। उनीहरू भारतबाट नेपाल कहिले आएका हुन् भन्ने यकिन जानकारी सरकारी निकायले भने अझै पाउन सकेका छैनन्।

">