म अमेरिकाको टेनेसी राज्यस्थित न्यासबेल शहरमा रहेको भ्याडर्विक युनिभर्सिटी एन्ड मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत छु। १५ वर्ष भयो नर्सिङ पेशामा आबद्ध भएको। सन् २०१५ देखि यो अस्पतालमा काम गर्न थालेकी हुँ। अमेरिकाको न्यूयोर्कमा कोभिड–१९ का संक्रमित धेरै भए पनि म बसेको राज्य पनि अछुतो छैन।
यो राज्यमा चार हजार भन्दा धेरैमा कोरोना भाइरस संक्रमण देखिएको छ। म कार्यरत अस्पतालमा पनि ५० जना संक्रमितको उपचार भइरहेको छ। तीनजनाको त निधन भइसकेको छ। शुरूमा वृद्धवृद्धा र दीर्घरोगीलाई यो रोगको जोखिम बढी हुन्छ भनिन्थ्यो। तर, अहिले आफैं उपचारमा संलग्न भएपछि थाहा भयो, यो रोगले सबै उमेर समूहका मानिसलाई संक्रमण गर्दोरहेछ।
अस्पतालमा भर्ना भए बाहेक पनि सुख्खाखोकी, उच्चज्वरो जस्ता संकेत देखिएका बिरामी पनि आउँछन्। कोरोना भाइरस संक्रमण भएको हुनसक्ने भएकाले उनीहरूको उपचारका लागि बेग्लै टोली बनाइएको छ। म त्यही टोलीमा सामेल छु।
संक्रमणको शंका भएका बिरामीलाई सस्पेक्टेड भनेर आइसोलेसनमा राखिन्छ। उनीहरूको अन्तिम रिपोर्ट नआउँदासम्म हाम्रै टोलीले हेर्नुपर्छ। पोजिटिभ पुष्टि भएपछि बेग्लै युनिटमा राखिन्छ।
मलाई धेरैले सोध्नुहुन्छ– कोरोना संक्रमितको शंका भएका व्यक्तिको उपचार गर्दा डर लाग्दैन ?
काममा हुँदा खासै डर लाग्दैन। सबैजनाले काम गरिरहेको देख्दा आफ्नोबारे मात्र चिन्ता नहुँदोरैछ। घरमा आइसकेपछि अरूले चिन्ता गरेको देख्दा चाहिँ केही डर लाग्छ। शुरूशुरूमा अलि बढी नै डर लाग्थ्यो। सँगै काम गरिरहेका केही साथीलाई पनि संक्रमण भयो। उनीहरू १४ दिन क्वारेन्टाइनमा बसेपछि निको भयो। निको भएपछि उनीहरू फेरि काममा आए। उनीहरूलाई देखेपछि भने डर लाग्न छोडेको छ।
म यहाँ श्रीमान र चार वर्षीया छोरीसँगै बस्छु। श्रीमान आइटी कम्पनीमा काम गर्नुहुन्छ। उहाँको काम घरबाटै हुन्छ। म भने नियमित ड्युटीमा जानुपर्छ। ड्युटी नभएका बेला पनि घरमा २४ घण्टै ‘अनकल’ ड्युटीमा बस्नुपर्छ।
अस्पताल पुग्न घरबाट ४५ मिनेट ड्राइभ गर्नुपर्छ। अस्पताल पुगेपछि तापक्रम जाँच गरेपछि मात्र भित्र पस्न पाइन्छ। कोरोना भाइरस संक्रमणको आशंका भएका बिरामी आउँदा पीपीई लगाएर मात्र जाँच गर्छौं। कत्तिको सुरक्षित रहने भन्ने आफूमा पनि भर पर्छ। हामी क्लस्टर अफ केयर भन्छौं। त्यसको अर्थ हो, सकेसम्म आइसोलेसन रूममा पटक–पटक नजाने। गएको बेला गर्नुपर्ने सबै काम गरेर आउने।
नेपालमा सबै स्वास्थ्यकर्मीले एन–९५ मास्क लगाउनुपर्छ भन्ने रैछ। यहाँ बिरामीको नजिक जानेले मात्र एन–९५ मास्क लगाउने गर्छन्। अरूले सामान्य सर्जिकल मास्क मात्र लगाउँछन्। गाइडलाइन पनि प्रष्ट बनेको छ। सबैले एन–९५ लगाउने हो भने भोलि त्यो लगाउनैपर्नेलाई पनि अभाव हुन सक्छ भनेर मिसयुज गरिँदैन।
हामी पीपीई लगाएर जाँदा नै बिरामी आधा तर्सिंदा रहेछन्। यस कारणले हामीले यो–यो टेस्ट गर्दैछौं, त्यसको रिपोर्ट नआउँदासम्म तपाईं यहाँ बस्नुपर्छ, डराउनुपर्दैन हामीले पूर्ण केयर गर्छौं भनेर आत्मविश्वास बढाउँछौं। त्यसपछि मात्र उनीहरू डराउन छोड्छन्।
नेपालमा त एम्बुलेन्सले बिरामी बोक्न नमानेको, बोकेको बिरामीलाई झार्न नमानेको सुन्छु। त्यसो गरियो भने त बिरामीको मनोबल खस्किइहाल्छ नि।
मेरी एक वर्षकी अर्की छोरी छन्। केही महीनाअघि मात्र काठमाडौंस्थित माइतीमा छाडेर आएकी हुँ। नेपालमा कोभिड-१९ को जोखिम बढेको सुन्दा छोरी र परिवारको चिन्ता पनि लाग्छ।
नेपालमा अमेरिकामा जस्तो भयावह अवस्था हुन्छ जस्तो त लाग्दैन। अमेरिकामा आधा जनसंख्या क्यान्सरलगायतका दीर्घरोगबाट पीडित छ। तर, लापरबाही गर्यो भने चाहिँ नेपालमा पनि समुदायसम्म फैलिएर अवस्था भयावह हुन सक्छ।
हामीले एकापसमा दूरी कायम राख्ने विषयलाई मजाक ठान्न हुँदैन। नोबल कोरोना भाइरस सामान्य भाइरस होइन। तर, सधैँभरि यो भाइरसको त्रास रहिरहन्न। अहिले दूरी कायम गरेर पनि निश्चित समयपछि हामी सोसल लाइफमा फर्कन सक्छौं। यसपछि पनि जीवन छ भन्ने ख्याल गरौं।
(पोखरेलसँगको कुराकानीमा आधारित)
" /> म अमेरिकाको टेनेसी राज्यस्थित न्यासबेल शहरमा रहेको भ्याडर्विक युनिभर्सिटी एन्ड मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत छु। १५ वर्ष भयो नर्सिङ पेशामा आबद्ध भएको। सन् २०१५ देखि यो अस्पतालमा काम गर्न थालेकी हुँ। अमेरिकाको न्यूयोर्कमा कोभिड–१९ का संक्रमित धेरै भए पनि म बसेको राज्य पनि अछुतो छैन।यो राज्यमा चार हजार भन्दा धेरैमा कोरोना भाइरस संक्रमण देखिएको छ। म कार्यरत अस्पतालमा पनि ५० जना संक्रमितको उपचार भइरहेको छ। तीनजनाको त निधन भइसकेको छ। शुरूमा वृद्धवृद्धा र दीर्घरोगीलाई यो रोगको जोखिम बढी हुन्छ भनिन्थ्यो। तर, अहिले आफैं उपचारमा संलग्न भएपछि थाहा भयो, यो रोगले सबै उमेर समूहका मानिसलाई संक्रमण गर्दोरहेछ।

">