नमस्कार गर्न आह्वान गर्दै प्रधानमन्त्रीले पठाए विश्वका नेताहरूलाई शुभकामना सन्देश

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणबाट जोगिन ‘नमस्कार गर्न’ आह्वान गर्दै विश्वका नेताहरूलाई शुभकामना सन्देश पठाएका छन्।

नेपाली नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले विश्वका सबै देशका सरकार प्रमुखलाई उक्त आह्वान गर्दै परराष्ट्र मन्त्रालयमार्फत् शुभकामना सन्देश पठाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हात मिलाउने, अंकमाल गर्ने जस्ता अभिवादनका विधिले कोरोना भाइरस संक्रमण सर्न सक्ने जोखिम भएकाले ‘नमस्कार विधि’ उपयुक्त भएको प्रधानमन्त्रीको भनाइ छ। यद्यपि, अहिले विश्वका धेरैजसो देशमा नमस्कार गर्न शुरू गरिसकिएको छ।

यसैबीच, प्रधानमन्त्री ओलीले साह्रै अप्ठ्यारो परिस्थितिमा नयाँ वर्षलाई स्वागत गर्नुपरेको बताएका छन्।

नयाँ वर्षको पूर्वसन्ध्यामा आज सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत् शुभकामना दिँदै योपालि नयाँ वर्षलाई उल्लास र उमङ्गले स्वागत गर्न नपाएको बताएका हुन्।

‘नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो’, प्रधानमन्त्रीले लेखेका छन्, ‘तर, यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौँ। म यहाँहरू सबैलाई नयाँ वर्ष विक्रम सम्वत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु।’

pic.twitter.com/nfaNbyubXQ

— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020

प्रतिक्रिया दिनुहोस्