काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को विश्वव्यापी महामारीबाट सिर्जित संकटकै बीच अवसर पहिल्याएर देश अघि बढ्ने बताएका छन्।
नयाँ वर्ष २०७७ का अवसरमा दिएको भिडिओ सन्देशमा प्रधानमन्त्रीले संकटले सम्भावनाको पनि ढोका खोल्ने उल्लेख गर्दै संकट सिर्जित चुनौतीलाई अवसरमा रूपान्तरित गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
“कोरोना भाइरस संक्रमणको महामारीले स्वास्थ्य पूर्वाधारमा लगानी गर्न सिङ्गो विश्वलाई र हामीलाई पनि बेस्सरी घच्घच्याएको छ”, उनले सन्देशमा भनेका छन्, “सरकारले यसलाई गम्भीर ध्यान दिने नै छ।”
महामारी सिर्जित विश्वव्यापी आर्थिक मन्दीका कारण वैदेशिक रोजगारी गुम्नसक्ने जोखिममा रहेका र मुलुकभित्रै वेरोजगार रहेका युवाहरूलाई केन्द्रित गरेर रोजगारीका कार्यक्रम लागू गर्ने नीति अपनाइने पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
कृषि, साना तथा मझौला उद्योगका अतिरिक्त स्वरोजगारीका नयाँ सम्भावनाहरूको खोजी गर्न सम्बन्धित क्षेत्रका व्यवसायी, विशेषज्ञहरू र स्वयं युवाहरूसँग मिलेर ठोस योजना अगाडि सारिनेसमेत उनले जनाएका छन्।
पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी उल्लास र उमङ्गको पर्व हुनुपर्ने भए पनि यस वर्षलाई साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गरिरहेको भन्दै उनले सन्देशमा भनेका छन्, “सिंगो विश्व समुदाय आज कोरोना सङ्क्रमणको महामारीबाट आक्रान्त छ, यस महामारीले हामी नेपालीलाई पनि छोएको छ। संसारभर छरिएर रहेका नेपालीहरूका आफन्तजनमध्ये कतिपयलाई सङ्क्रमित तुल्याएको छ र केहीलाई हामीबाट खोसेको छ। तपाईंहरूको प्रधानमन्त्रीका रूपमा मैले यही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ।”
सन्देशमा प्रधानमन्त्रीले कोरोना भाइरस संक्रमणबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकको अभिभावकत्व सरकारले लिने, सबैभन्दा पहिले जनतालाई महामारीबाट उम्काइने र सँगसँगै रोजीरोटीको जोहो गरिने जनाएका छन्।
“सर्वसाधारण जनता र कमजोर वर्गलाई यथासम्भव सामाजिक संरक्षण प्रदान गर्ने, यस समस्याबाट प्रभावित निजी क्षेत्रलाई प्रोत्साहन उपलब्ध गराउने, कृषक तथा आम श्रमिकहरूको आय निरन्तरताका लागि आवश्यक व्यवस्था गरिनेछ” उनले सन्देशमा भनेका छन्।
प्रधानमन्त्रीले अग्रमोर्चामा रहेर कोरोना भाइरसकाविरुद्ध कठीन लडाइँको अगुवाइ गरिरहेकाहरूको मनोबल उच्च पार्नसमेत अपील गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा दिएको शुभकामनाको पूर्णपाठ
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को विश्वव्यापी महामारीबाट सिर्जित संकटकै बीच अवसर पहिल्याएर देश अघि बढ्ने बताएका छन्।नयाँ वर्ष २०७७ का अवसरमा दिएको भिडिओ सन्देशमा प्रधानमन्त्रीले संकटले सम्भावनाको पनि ढोका खोल्ने उल्लेख गर्दै संकट सिर्जित चुनौतीलाई अवसरमा रूपान्तरित गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

">