उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीविरुद्ध जुटौं: राष्‍ट्रपति <p>काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ को विश्वव्यापी महामारीको अहिलेको अवस्थामा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई सशक्त बनाउनुपर्ने बताएकी छन्।</p> <p>नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुभकामना सन्देशमार्फत् राष्ट्रपति भण्डारीले कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प &lsquo;लकडाउन&rsquo;र सामाजिक दूरी कायम गर्नुपर्ने देखिएकोमा जोड दिएकी छन्।&nbsp; &nbsp;</p> <p>कोरोनाभाइरस सिर्जित यस विपद्मा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको बताउँदै राष्ट्रपतिले आफ्नो सन्देशमा उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई पुनः एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेकी छन्। <em>रासस</em></p> <p>&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्