महरालाई अदालत पुर्याइयो
<p>काठमाण्डौं। संसद सचिवालयमा कार्यरत् महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पुर्‍याइएको छ।</p>
<p>उच्च रक्तचापको कारण महरालाई उपचारका लागि प्रहरी हिरासतबाट थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।</p>
<p>उनलाई अस्पतालबाट सरकारी वकिलको कार्यालयमा आवश्यक कानूनी प्रक्रियापश्‍चात थप अनुसन्धान गर्न म्याद थपका लागि अदालत उपस्थित गराइएको छ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्