काठमाडौं। चीनको सियान प्रान्तमा अवस्थित सियान महानगरपालिकाले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि बुटवल उपमहानरपालिका, काठमाडौँ र धुलिखेलका अस्पतालहरुमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
सियान महानगरपालिकाले ३० हजार मेडिकल मास्क, एक हजार एन ९५ मास्क, ५०० थान पीपीई तथा थर्ममिटर, भेन्टिलेटरलगायत करीब एक करोड आठ लाख बराबरका सामान उपलब्ध गराएको हो।
नेपाल ट्रान्स हिमालयन सोसाइटीमार्फत उपलब्ध गराइएका ती सहयोग सामग्री छिट्टै नेपाल सरकारलाई प्रदान गरिने सोसाइटीका अध्यक्ष प्रा. डा. राजिवकुमार झाले बताए।
सियान महानगरपालिका र नेपालको बुटवल उपमहानरपालिकाबीच गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका समयमा भगिनी सम्बन्ध कायम भएको थियो। रासस
" /> काठमाडौं। चीनको सियान प्रान्तमा अवस्थित सियान महानगरपालिकाले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि बुटवल उपमहानरपालिका, काठमाडौँ र धुलिखेलका अस्पतालहरुमा प्रयोग गर्नेगरी स्वास्थ्य सामग्री सहयोग गरेको छ ।सियान महानगरपालिकाले ३० हजार मेडिकल मास्क, एक हजार एन ९५ मास्क, ५०० थान पीपीई तथा थर्ममिटर, भेन्टिलेटरलगायत करीब एक करोड आठ लाख बराबरका सामान उपलब्ध गराएको हो।

">