अत्यधिक रक्तश्राव भएकी सुत्केरीको हेलिकप्‍टरबाट उद्धार
बाजुरा। स्वामिकार्तिक गाँउपालिका- १, साप्पाटा मुक्तिकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

सुत्केरी भएपश्चात अत्यधिक रक्तश्रावका कारण स्वास्थ्य जटिल बनेपछि ३५ वर्षीया सुपारी बिकलाई आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलमा उनको उद्धार गरिएको हो।

गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहीले सुत्केरीलाई बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जानकारी दिए।

हिजो, ३० चैतमा घरमै एक बच्चालाई जन्म दिएकी बिकको जुम्ल्याहा बच्चा भएको हुनसक्ने साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज बिर्ज बिकले बताएका छन्।

बाजुरामा अत्यधिक रक्तश्रावका कारण यसअघि पाँचजना सुत्केरीको मृत्यु भइसकेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्