कैलालीमा थप एक महिलामा कोभिड-१९ देखियो

कैलाली। क्वारेन्टाइनमा रहेकी कैलालीकी थप एकजना महिलामा कोरोना संक्रमित पोजेटिभ देखिएको छ।

लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा ५२ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो।

लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको र्‍यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको अनौपचारिक जानकारी आएको लम्कीचुहा अस्पतालका प्रमुख डा. प्रकाश तिमिल्सिनाले देखापढीलाई बताए।

उनका अनुसार ती महिला परिवारसहित विरगञ्जबाट फर्किएकी थिइन्।

पोजेटिभ देखिएसँगै महिलालाई थप उपचारको लागि एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पताल पठाइएको छ।

यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ।

उनीहरू सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत् छन्।

प्रतिक्रिया दिनुहोस्