काठमाडाैं। १० चैत अघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो। दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो। एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो। जुरुक्क उठेपछि भारी बोक्ने काम शुरू हुन्थ्यो। यसरी बित्थे माझीका दिनहरू।
दैनिक गुजाराका लागि भारी बोकेर उपत्यकामा भौँतारिएको धेरै वर्ष भइसक्यो तर, उनलाई अहिलेको जस्तो सकस पहिले कहिल्यै परेको थिएन। “दिनदिनैको बन्दले केही गर्न पाएको छैन। आज २० दिन भयो दुई चार पैसा कमाइ पनि छैन। विकल्प नै केही नभएपछि के गर्नु भोकभोकै बस्नु परिरहेको छ”, भक्तपुर थिमिस्थित शङ्खधर चोकमा भेटिएका माझीले मलिन स्वरमा दुःख पोखे।
माझी थोत्रो ज्याकेट र पाइन्ट, धेरै दिन नुहाउन नपाएर जिङ्रिङ परेको कपाल, मुखमा कालो मास्क र फाट्न लागेको चप्पलमा देखिए। उनका अरू मजदुर साथीहरू पनि सडकपेटीमा सुस्ताउँदै थिए। माझीले हामीलाई व्यथा पोख्न भ्याए। समस्या सबैको उही न हो, बीचबीचमा उनीहरू पनि थप्दै थिए। कसरी दिन काट्ने होला भन्ने नै थियो सबैको साझा चिन्ता।
सडक खाली नै थियो। एकैछिनमा मानवसेवा आश्रमको गाडी हुँइकिएर आयो। माझीलगायत उनका मजदुरहरू साथीहरू र सडक पेटीमा बसिरहेका अरूको अनुहार उज्यालो भयो। सबै खुशी देखिए। लकडाउनको शुरूआतमा भोगभोकै परेका मजदुरहरूलाई केही दिनदेखि त्यही गाडीले खाना ल्याएर खुवाउने रहेछ। यसो हेर्दै गर्दा उनीहरू बसेकै सडकपेटीमा खाना आइपुग्थ्यो। आश्रमले यसरी नियमित खाना खुवाउन थालेदेखि उनीहरूको मुहारमा चमक देखिन थालेको रहेछ जुन आज पनि झल्कियो।
“केही दिन भयो यसैगरी खाना बाँड्न ल्याउनुहुन्छ, खायो बस्यो, बेलुका पाटीमा गयो सुत्यो, यसरी चल्दैछन् हिजोआजका दिन”, माझीले सुनाए। शुरूका दिनहरूमा भोकभोकै पर्यौँ”, उनले भने। कतिदिन त एक छाक खान पायौँ अनि धेरै दिन भोकै रहेको पीडा भुल्न नसकेको भन्दै अब त्यस्ता दिन नआएहुन्थ्यो भन्छन् उनी।
पछिल्ला केही दिन खान त पाएका छन् तर, उनीहरूको मनले मानेको छैन। उनीहरू काम गर्न चाहन्छन्। तर, पाएका छैनन्।
सरकारसँग रासन माग्न पनि गएकै हो, तर मजदुरले पाएनन्। “सिफारिस लिएर गएको हो खोइ साहुहरूलाई दियो, हामीलाई दिएन”, खाना खुवाउने आश्रमलाई धन्यवाद दिँदै माझीले भने, “हजुर रोग लागेर त केही हुँदैनथ्यो भोक सहन सकिँदैन जस्तो लाग्न थाल्यो।” उनले रोग लागेर पनि सबै जना मर्दैनन् भनेर आफूले सुनेको बताउँछन्।
नजिकै रहेका अन्य सहकर्मीहरू भाइकाजी खत्री, रामबहादुर वाइवा, बाबुराम गुरुङ, प्रेम धिमाल, पूर्ण लामा सडकपेटीमै बसेर धमाधम खाना खाँदै थिए। खाना खानुअघि आश्रमले नै स्यानिटाइजरको व्यवस्था गरेको थियो। सामाजिक दूरी कायम गरेर खाना खुवाइएको थियो। बेखर्ची भएर सडकमै बस्न बाध्य उनीहरू धेरैजसोको काम भारी बोक्ने नै हो।
नुवाकोटका पूर्ण लामाको कथा केही फरक छ। उनी जात्रा हेर्न ९ चैतमा उपत्यका भित्रिएका रहेछन्। तर, बन्दाबन्दीले निस्कनै पाएनन्। १० चैतमा भेटघाट सकेर ११ गते फर्कने सोच थियो उनको। तर, १० चैत गते साँझ सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर निस्किन नपाउने बन्दाबन्दी ‘लकडाउन’ को आदेश जारी गर्यो। राति मात्रै थाहा पाएका लामा उपत्यकामा अलपत्र परे। साथमा रहेको पैसा पनि केही दिनमा सकियो, खाना खान भौतारिनुपर्यो। अहिले कहिले पेटभर त कहिले आधी पेटमा दैनिकी चल्दैछ। विगत पाँच दिनदेखि भने पेटभर खान पाएको उनले सुनाए।
काठमाडौंको कोटेश्वरमा एक सानो खाजा पसलमा कुक काम गर्ने रामेछापका वीरबहादुर खड्का पनि आफू कहिल्यै अभावमा परेको मान्छे नभए पनि यतिखेरको जस्तो समस्या कहिल्यै सामना गर्नु नपरेको बताउँछन्। लकडाउनलाई अघिपछिको बन्दजस्तै होला भन्ने ठानेका उनी मुलुक नै सुनसान बन्द भएपछि छक्क परेका छन्।
मासिक १६ हजार रूपैयाँ तलब पाउने खड्का अहिले बेखर्ची भएपछि सडकमै छन्। घर जान सकिने अवस्था रहेन। सरकारले राहत पनि दिएन। “राहत दिन्छ रे भनेर नागरिकता लिएर गएको दिएन”, खड्काले दुःख पोखे, “त्यही सडकमा डुल्ने, खाने, ठेला र प्रतीक्षालयमा सुत्ने अवस्थामा छु, दिन काट्नै पर्यो के गर्नु ?” उनलाई शुरूमा कोटेश्वरमा एउटा युवा क्लबले खाना दिन्थ्यो। अहिले सो आश्रमले खाना दिन थालेपछि भने सजिलो भएको सुनाउँछन्।
नेपालमा यसरी भोकै सडकमा पुगेकालाई विभिन्न संस्थाले राहत र खान खुवाउँदै आएका छन्। यो क्रम उपत्यकामा पनि जारी छ। वितरण प्रभावकारी नहुँदा अझै कतिपय मजदुर भोकभोकै बस्नु परेको छ भने भोकभोकै पैदलै गाउँ फर्कन पनि कतिपय बाध्य छन्।
भक्तपुरका विभिन्न ठाउँमा मानवसेवा आश्रम र नेपाल स्वयंसेवक संघका प्रतिनिधि मिलेर अहिले भोकै रहेका मजदुरलाई खोजीखोजी खाना खुवाउन थालिएको हो। संघका अध्यक्ष सन्तोष निरौलाका अनुसार शुरूका दिनमा सडकमा भएका कुकुरलाई खाना खुवाउन थालिएको थियो।
सोही क्रममा सडकमा मजदुर भोकै बसेको फेला परे। “दुई/तीन दिनदेखि खान नपाएको उनीहरूको दुखेसो सुन्यौँ, अब केही त गर्नै पर्यो भनेर आश्रममा खबर गर्यौँ, अनि सबैको सल्लाहमा अभियान थालेका हौं”, निरौलाले अभियानको बारेमा जानकारी दिए।
स्वयंसेवकले भोकाएका मजदुर कहाँकहाँ छन् भनेर खोजी गर्छन्। त्यसपछि मानवसेवा आश्रमले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर स्थानीय तहको समन्वयमा खान पकाएर वितरण गर्दै आएको छ। खानामा भात, दाल, तरकारी, सलाद दिने गरिएको छ।
आश्रमले विगत सात वर्षदेखि मुलुकलाई नै असहाय सडक मानवमुक्त बनाउने अठोटका साथ सडकमा मागेरसमेत खान नसक्ने, बेसहारा, मनोरोगीको उद्धार गरी संरक्षणको अभियान चलाउँदै आएको छ। हिजोआज दैनिक करीब ३०० जनालाई बिहान बेलुकाको खाना खुवाइने गरिएको छ।
आश्रमका अध्यक्ष रामजी अधिकारीले २४ चैतदेखि नियमित खाना खुवाउने गरिएको बताए।
सात प्रदेशका १४ जिल्लाका १९ शाखाबाट आश्रमले बेसहारालाई सेवा दिइरहेको छ। यसरी बेसहारा र सडकबाट उद्धार गरिएकामध्ये अहिले एक हजार १०० जना संरक्षणमा छन् भने ६०० बढीलाई परिवारमा मिलन गराइसकिएको जनाइएको छ।
- नारायण ढुङ्गाना/रासस
" /> काठमाडाैं। १० चैत अघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो। दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो। एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो। जुरुक्क उठेपछि भारी बोक्ने काम शुरू हुन्थ्यो। यसरी बित्थे माझीका दिनहरू।दैनिक गुजाराका लागि भारी बोकेर उपत्यकामा भौँतारिएको धेरै वर्ष भइसक्यो तर, उनलाई अहिलेको जस्तो सकस पहिले कहिल्यै परेको थिएन। “दिनदिनैको बन्दले केही गर्न पाएको छैन। आज २० दिन भयो दुई चार पैसा कमाइ पनि छैन। विकल्प नै केही नभएपछि के गर्नु भोकभोकै बस्नु परिरहेको छ”, भक्तपुर थिमिस्थित शङ्खधर चोकमा भेटिएका माझीले मलिन स्वरमा दुःख पोखे।

">