सप्तरीमा काेभिड-१९ काे द्रुत परीक्षण शुरू, ३८ जनाको नेगेटिभ <p>सप्तरी। सप्तरीमा कोरोना भाइरस जाँचका लागि &lsquo; र्&zwj;यापिड डाइग्नोस्टिक टेस्ट&rsquo; (आरडीटी) विधिबाट द्रुत परीक्षण शुरू भएको छ।</p> <p>क्वारेन्टाइनमा रहेका र &lsquo;फिवर क्लिनिक&rsquo; मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण शुरू गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।</p> <p>राजविराज नगरपालिकामा चारजना, कञ्चनरूप नगरपालिकामा १६ जना र अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८ जनाको नमूना परीक्षण गरिएकामा सबैजनाको रिपोर्ट नेगेटिभ आएको&nbsp; स्वास्थ्य कार्यालयका&nbsp; निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए।</p> <p>हाल जिल्लाको विभिन्न ३२ वटा क्वारेन्टाइनमा पाँच महिलासहित २४७ जना छन् । सो अवधिमा क्वारेन्टाइनबाट घर फर्किसकेका २११ जनाको समेत सम्बन्धित स्थानीय तहमै स्वास्थ्यकर्मीको टोली पुगेर परीक्षण गर्ने उनकाे भनाइ छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्