चितवन। उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने छात्रछात्रालाई परामर्श दिने संस्था एक्सपर्टले दुई लाख अष्ट्रेलियन डलरको राहत कोष स्थापना गरेको छ।
एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजद्वारा सञ्चालित सो फाउण्डेसनले कोभिड-१९ को जोखिमले समस्यामा परेका छात्रछात्रालाई सहयोग गर्न सो कोष सञ्चालनमा ल्याएको एक्सपर्ट चितवन शाखाका प्रवन्ध निर्देशक डिल्लराम अधिकारीले जानकारी दिए।
उनले कोभिड-१९ को जोखिमले अष्ट्रेलियामा अध्ययनरत नेपाली छात्र/छात्रालाई पर्न सक्ने तत्कालीन र दीर्घकालीन असरलाई न्यूनीकरण गर्ने ध्येयले सो कोष स्थापना गरेको बताए। उनका अनुसार १ अक्टाेबर २०१९ पछि आफ्नो संस्थामार्फत् अष्ट्रेलिया गएका छात्रछात्रालाई प्रतिव्यक्ति किनमेलका लागि २०० देखि ३०० डलरसम्मको भौचर सहयोग गरिनेछ। यसका लागि एक लाख ५० हजार डलर छुट्याइएको छ।
अन्य समस्यामा परेका छात्रछात्राका लागि ५० हजार डलर छुट्याइएको प्रबन्धक अधिकारीले जानकारी दिए। एक्सपर्ट फाउण्डेसनले विज्ञप्ति जारी गरी समस्यालाई केही हद सम्म भए पनि सहज बनाउनका लागि कोष स्थापना गरिएको जनाएको छ।
पछिल्लो ६ महीनायता अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि गएका र रोजगारी गुमाएका छात्रछात्रालाई पहिलो प्राथमिकतामा राखिने तथा अन्य समस्यामा परेकालाई पनि मूल्यांकनका आधारमा सहयोग गरिने योजनाअनुसार कोष स्थापना गरिएको विज्ञप्तिमा जनाइएको छ। एक्सपर्टले सन् २००३ देखि नेपाली विद्यार्थीलाई परामर्श दिने काम थालेको हो।
नेपालका विभिन्न शहरमा कार्यालय रहेको एक्सपर्टको अष्ट्रेलियाका मुख्य शहरहरूमा पनि कार्यालय छन्। रासस
" /> चितवन। उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने छात्रछात्रालाई परामर्श दिने संस्था एक्सपर्टले दुई लाख अष्ट्रेलियन डलरको राहत कोष स्थापना गरेको छ।एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजद्वारा सञ्चालित सो फाउण्डेसनले कोभिड-१९ को जोखिमले समस्यामा परेका छात्रछात्रालाई सहयोग गर्न सो कोष सञ्चालनमा ल्याएको एक्सपर्ट चितवन शाखाका प्रवन्ध निर्देशक डिल्लराम अधिकारीले जानकारी दिए।

">