कैलाली। कोरोना भाइरस संक्रमित कैलालीकी महिलासँग एउटै बसमा यात्रा गर्नेहरूको पहिचान भएको छ।
कैलालीको लम्की चुहा नगरपालिका-१ भुरुवाकी ५२ वर्षीया महिलासँग वीरगञ्जबाट एउटै बसमा यात्रा गरेका बाँकी ३३ जनाको पहिचान भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले वीरगञ्जबाट आएका सबै व्यक्तिसँग सम्पर्क भइसकेको देखापढीलाई बताए।
वीरगञ्जबाट स्थानीय प्रशासनले उपलब्ध गराएको पासमा ३५ जनाको नाम उल्लेख भएपनि १७ चैतमा त्यहाँबाट बसमा चढेर ३४ जना आएको देखिएको छ। एक जना व्यक्ति भने ट्रकमा चढेर आएको खुलेको छ।
वीरगञ्जबाट आएकामध्ये सुर्खेतको गुर्भाकोट नगरपालिकाका एक जना, पञ्चपुरी नगरपालिकाका ४ जना, दैलेखको नारायण नगरपालिकाका एक जना, बाँकेको कोहलपुरमा झरेका एकजना रहेको प्रवक्ता बस्नेतले बताए।
त्यस्तै अर्घाखाँचीका एक जना र दाङ देउखुरीका एक जना पनि बाटोमै झरेको पाइएको प्रहरीले बताएको छ।
बसमा रहेकामध्ये कैलालीको लम्की चुहा नगरपालिका–१ का १७ जना, वडा नम्बर ८ का चार जना, बर्दगोरिया– १ का पाँच जना आफ्नो घरनजिकको बाटोमा झरेका थिए।
तीमध्ये वडा नम्बर १ का १७ जना घर पुगेकै दिन १८ चैतदेखि लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए। त्यसमध्ये एकजनालाई कोरोना भाइरस पोजिटिभ देखिएपछि प्रहरी बाँकी १६ जनालाई पुनः लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ल्याएर राखिएको छ।
उनीहरुको र्यापिड टेष्टमा नेगेटिभ रिपोर्ट आएपछि २८ चैतमा घर पठाइएको थियो। तीमध्यकै एक जनामा कोरोनाको संक्रमण पाइएपछि उनलाई सेती प्रादेशीक अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
त्यस्तै, घरमै क्वारेन्टाइनमा बसेका बर्दगोरियाका पाँच जना र लम्की चुहा वडा नम्बर ८ का चार जनालाई समेत प्रहरीले आजैदेखि क्वारेन्टाइनमा राखेको जनाएको छ।
प्रहरीका अनुसार सुर्खेतका पाँच जनामध्ये एक क्वारेन्टाइ मा बसेका छन् भने दैलेखका एक जना घरमै बसेका जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। अन्य जिल्ला व्यक्ति क्वारेन्टाइनमा छन् या होम क्वारेन्टाइनमा भन्ने प्रष्ट भइसकेको छैन।
पढ्नुहोस्
नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो, रौतहटमा थप एक संक्रमित भेटिए
वीरगंजबाट दुई साताअघि ३५ जनासँगै बस चढेर आएकी थिइन् कैलालीकी संक्रमित महिला
कैलालीमा थप एक महिलामा कोभिड-१९ देखियो
" /> कैलाली। कोरोना भाइरस संक्रमित कैलालीकी महिलासँग एउटै बसमा यात्रा गर्नेहरूको पहिचान भएको छ।कैलालीको लम्की चुहा नगरपालिका-१ भुरुवाकी ५२ वर्षीया महिलासँग वीरगञ्जबाट एउटै बसमा यात्रा गरेका बाँकी ३३ जनाको पहिचान भएको हो।

">