काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले महामारीको यो लडाईंबाट देशलाई बचाउन सबैको भूमिका अपिरहार्य रहेको बताएका छन्।
नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री ढकालले अहिले सबै मिलेर महामारीबाट जनताको सुरक्षा गर्नु नै प्रमुख दायित्व भएको धारणा राखेका छन्।
कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीको यो विषम परिस्थितिमा देशलाई थप संक्रमणबाट मुक्त राख्न सबैको सहकार्यले सफलता प्राप्त हुने मन्त्री ढकालको भनाइ छ।
मन्त्री ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुख्य ६ वटा ‘टी फर्मुला’मा रहेर रणनीतिक रूपले अगाडि बढिरहेको जानकारी दिए।
उनका अनुसार ट्राभल रेष्ट्रिक्सन रणनीति मन्त्रालयले तयार गरेको छ। यसको लागि आवतजावत बन्द गर्ने नै हो। जसको लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरू बन्द गरिएका छन् भने नेपालभित्र पनि गत १० चैतदेखि लकडाउनको अवस्था छ।
‘यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरू क्वारेन्टाइनमा रहन जरुरी छ। जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस’, मन्त्री ढकालले भनेका छन्, ‘हाल धेरैजसो देशहरूले यो रणनीति अपनाएका छन्। यो प्रभावकारी पनि सावित भएको छ। यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर, आफ्नो देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ।’
मन्त्रालय मातहतबाट खटिएका टोलीहरू, सीसीएमसी तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरू, मोबाइल एप र वेवसाइटमार्फत् ट्रयाकिङ कार्यलाई थप व्यवस्थित गरिएको मन्त्री ढकालले बताएका छन्।
टेष्टिङ्गअन्तर्गत् स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरूको नमूना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको पनि आवश्यकता अनुसार नमूना परीक्षण गर्ने नीति लिइएको छ।
कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधिमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरूको सुझावमा कार्यविधि बनाई व्यवस्थित गरिएको छ। मन्त्रालयको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरै भन्दा धेरै व्यक्तिहरूलाई योे दायरामा ल्याई परीक्षण गर्नु हो।
अर्को विधि हो ट्रेसिङ। ट्रेसिङ्ग भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरू जो सँग ती संक्रमितहरू नजिकको सम्पर्कमा आए त्यस्ता व्यक्तिहरूलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो।
‘हामीले धेरैजसो संक्रमितहरूको ट्रेसिङ कार्य पूरा गरिसकेका छौँ भने पछिल्लो समयमा पहिचान भएका संक्रमितहरूको ट्रेसिङ्ग कार्य भइरहेको छ। यो कार्य इपिडिमियोजलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रूपमा गर्दै आइरहेको छ’, मन्त्री ढकालले भनेका छन्।
मन्त्रालले अपनाएको अर्को विधि हो ट्रयाकिङ। सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरूको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा सो कुराको यकिन गरी उनिहरूलाई आइसोलेसनमा राख्न अनुगमन गर्ने विधि ट्रयाकिङ कार्य हो।
यसको लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरू, सीसीएमसी तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरू, मोबाइल एप र वेवसाइटमार्फत् ट्रयाकिङ कार्यलाई थप व्यवस्थित गरिएको मन्त्री ढकालले बताएका छन्।
मन्त्री ढकालले भनेका छन्, ‘यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरू क्वारेन्टाइनमा रहे/नरहेको अनुगमन गर्नुपर्ने हुन्छ। यसका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ।’
उपचारको क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षाका सामाग्रीहरू यथेष्ट मात्रामा पुर्याउन मन्त्रालय लागिपरेको स्वास्थ्यमन्त्री ढकाल बताउँछन्।
अर्को रणनीति हो, ट्रिटमेन्ट। हालसम्म नेपालमा १४ जना संक्रमितको संख्या रहेको छ। जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन्। १३ जना विभिन्न अस्पतालमा उपचारको क्रममा छन्। उनीहरू सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ। सम्भावित संक्रमणको संख्या आकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले आफ्नो रणनीति तय गरेको उनले बताए।
कोरोना संक्रमणको उपचारको लागि काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरूलाई तोकिएको छ। कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च सरकारले निःशुल्क गरेको छ। ‘कोरोना संक्रमण बाहेकका आकस्मिक सेवा र निरन्तर उपचारका क्रममा रहेका बिरामीहरू थप समस्यामा नपरुन् र उनीहरूलाई सर्वसुलभ रूपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ’, मन्त्री ढकालले भनेका छन्, ‘यस महामारीको घडिमा के सरकारी के गैह्रसरकारी सबै किसिमका अस्पतालहरूबाट उपचार गर्नु पर्ने हुन्छ। त्यसैले नेपालभरका सबै किसिमका अस्पतालहरूलाई सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय तयारी अवस्थामा रहेको छ।’
उनका अनुसार मन्त्रालयको अर्को रणनीति हो, टुगेदर। कोरोना संक्रमणको सम्भावित महामारी उच्च स्तरीय समिति, सीसीएमसीदेखि लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विभिन्न तहमा कमिटिहरू व्यवस्थित रूपमा काम भइरहेका मन्त्री ढकाललको दाबी छ।
‘देशलाई महामारीबाट बचाऔँ, बाँकी बहस पछि गरौँला। महामारीको यो लडाईंमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरौँ’, मन्त्री ढकालले भनेका छन्, ‘यस्तो विषम परिस्थितिमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ। कोरोना संक्रमणविरुद्धको यो लडाईंको अग्रमोर्चामा नेतृत्व गरिरहनु भएका चिकित्सक र स्वास्थ्यकर्मीहरू नै हुनुहुन्छ।’
उपचारको क्रममा आवश्यक पर्ने व्यक्तिगत सुरक्षाका सामाग्रीहरू यथेष्ट मात्रामा पुर्याउन मन्त्रालय लागिपरेको उनको भनाइ छ।
चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्र सेवक कर्मचारी लगायत कोरोना संक्रमणको नियन्त्रणमा खटिने जनशक्तिलाई प्रोत्साहन स्वरूप सतप्रतिशतसम्म भत्ता र बीमाको समेत व्यवस्था गरिसकिएको मन्त्री ढकालले उल्लेख गरेका छन्।
‘अहिले हामी सबै नै क्वारेन्टाइनमा छौँ। घरभित्रै बसेका छौँ। तर, हाम्रो स्वास्थ्य तथा सुरक्षाको लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दैनिक उपभोग्य वस्तुहरूको व्यवस्था गर्न अत्यावश्यक सेवा प्रदान गर्ने व्यक्तिहरू हुनुहुन्छ’, मन्त्री ढकालले भनेका छन्, ‘राष्ट्र र जनताको सेवामा क्रियाशील उहाँहरूले गर्दा नै हामी घरभित्र सुरक्षित रहन पाएका छौँ। उहाँहरू सबैलाई धन्यवाद दिन चाहान्छौँ, उहाँहरूको मनोबल उच्च बनाउने काममा सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौँ।’
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले महामारीको यो लडाईंबाट देशलाई बचाउन सबैको भूमिका अपिरहार्य रहेको बताएका छन्।नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री ढकालले अहिले सबै मिलेर महामारीबाट जनताको सुरक्षा गर्नु नै प्रमुख दायित्व भएको धारणा राखेका छन्।

">