काठमाडौं। काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको आरडीटी किट परीक्षण विधिबाट रिपोर्ट पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएको छ।
तीनै जनालाई ललितपुरस्थित पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो। उनीहरूको थ्रोटको स्वाब संकलन गरेर पीसीआर विधिबाट नमूना परीक्षण गर्ने तयारी भइरहेको छ।
“लकडाउन हुनुअघि नै बेलायतबाट फर्किएका उनीहरूमा र्यापिड डाइगोनोस्टीक टेस्ट रिपोर्ट पोजिटिभ आएको हो”, उच्च स्रोतले भन्यो, “पीसीआर परीक्षण गर्नका लागि अस्पताल पुर्याइएको छ। त्यसको परीक्षण रिपोर्ट आएपछि थप पुष्टि हुन्छ।”
चैत महीनामा विदेशबाट फर्किएका सबैको सरकारले आरडीटी टेस्ट विधिबाट परीक्षण गर्ने भनेको थियो। उक्त विधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएमा पुनः पीसीआर विधिबाट पनि परीक्षण गरिँदै आएको छ।
उक्त अपार्टमेन्ट क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। अपार्टमेन्ट क्षेत्र र आसपास क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिएको छ। संक्रमणको जोखिम बढ्न नदिन त्यहाँ बस्दै आएका मानिसहरूलाई बाहिर निस्कन दिइएको छैन।
स्रोतका अनुसार त्यहाँ रहेका सबैलाई उच्च निगरानीमा राख्नुपर्ने देखिएको छ। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार आरडीटी किट परीक्षणबाट रिपोर्ट पोजिटिभ देखिएपछि उनीहरूको कन्टयाक्ट ट्रेससिङका लागि टोली खटिएको छ।
आरडीटी किट परीक्षणमा पोजिटिभ देखिए पनि पीसीआरमा पोजिटिभ नदेखिन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।
बाग्लुङमा पनि आरडीटीबाट पोजिटिभ देखिएकी एक महिलाको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।
३० चैतमा ती महिलाको आरडीटी विधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएपछि पुनः परीक्षणका लागि पोखरा पठाइएको थियो। त्यहाँ स्वाब परीक्षणमा भने उनको रिपोर्ट नेगेटिभ आएको हो।
पढ्नुहोस्
काठमाडौंको सनसिटी अपार्टमेन्टका तीन जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना गरियो
" /> काठमाडौं। काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको आरडीटी किट परीक्षण विधिबाट रिपोर्ट पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएको छ।तीनै जनालाई ललितपुरस्थित पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो। उनीहरूको थ्रोटको स्वाब संकलन गरेर पीसीआर विधिबाट नमूना परीक्षण गर्ने तयारी भइरहेको छ।

">