"> ठेकेदारले ‘सेकेन्डहेन्ड’ भेन्टिलेटर महाकाली अस्पतालमा पठाएपछि...: Dekhapadhi
ठेकेदारले ‘सेकेन्डहेन्ड’ भेन्टिलेटर महाकाली अस्पतालमा पठाएपछि...
कैलाली। टेण्डर प्रक्रियामार्फत् हिजाे, ३० चैतमा महाकाली अस्पताल महेन्द्रनगरमा ल्याइएकाे भेन्टिलेटर यसअघि नै प्रयाेग गरेकाे पाइएकाे छ।

पुरानो मोडेलको र प्रयोगसमेत गरेको पाइएपछि भेन्टिलेटर जडान नगरी पुनः फिर्ता पठाउने तयारी गरिएकाे छ।

अस्पतालमा कार्यरत एनेस्थेसिष्ट डा. वीरेन्द्र बुडालले आफ्नो फेसबुक वालमा ‘दुई महीनादेखि महाकाली अस्पतालका कर्मचारीहरूको अथक प्रयासपछि बल्ल आज टेण्डर प्रक्रिया पूरा गरी भेन्टिलेटर आइपुगेको हुनाले हामी सबैमा एक किसिमको भिन्नै खुशी छाएको थियो। तर, विडम्बना त्यो खुशी भेन्टिलेटरको बाकस खुल्नासाथ निराशामा परिणित हुन पुग्यो’ भनेर लेखेका छन्।

डा. बुडालले भनेका छन्, ‘सप्लाई गर्ने कम्पनीको बदमासी भनूँ अथवा त्रुटि अथवा हेल्चक्र्याइँ। २०१५ मा बनेको भेन्टिलेटर त्यो पनि पुरानो, प्रयोग गरिसकेको पठाएछ। न कुनै युजर म्यानुअल छ। न त वारेन्टी कार्ड नै।’

उनका अनुसार अस्पतालले नयाँ भेन्टिलेटरको मूल्य लिएर पुरानो आपूर्ति गर्ने कम्पनीलाई तत्काल पुरानो भेन्टिलेटर फिर्ता लैजान र तीन दिनभित्र नयाँ पठाउन भनेको छ। फिलिप्स कम्पनीको उक्त भेन्टिलेटर अन्यत्र प्रयोग भइसकेको पाइएको हो।

अस्पतालका स्टोरकिपर तिलक जोशीका अनुसार एक थान भेन्टिलेटर, दुईवटा मनिटरसहित चारवटा उपकरणको टेण्डर ५३ लाख रूपैयाँमा काठमाडौंको आरजे सप्लायर्सले पाएको थियो।

१६ चैतमा अस्पताल विकास समितिले पत्रिकामा एक हप्ताको म्याद राखी भेन्टिलेटर उपलब्ध गराउनका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको थियो। २७ चैतमा आरजे सप्लायर्सका नाममा ठेक्का सदर भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्