भक्तपुर। स्वास्थ्य कार्यालय भक्तपुरले कोभिड-१९ को संक्रमणलाई दृष्टिगत गर्दै भक्तपुरमा रहेका अस्पतालको अवस्था र तयारीबारे अनुगमन थालेको छ।
स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार नेतृत्वको टोलीले काेरोना संक्रमणको हब अस्पतालका रूपमा रहेको भक्तपुर अस्पताल दूधपाटी, डा. इवामुरा अस्पताल सल्लाघारी, सिद्धिस्मृति अस्पताल जगाती र केएमसी अस्पताल दुवाकोटको स्थलगत अनुगमन गरेको छ।
भक्तपुरका आठवटा अस्पतालमा ९८ शय्याको आइसोलेसन वार्ड तयार गरिएको मिजारले जानकारी दिए। हाल भक्तपुर अस्पतालमा १०, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमीमा ६, मध्यपुर अस्पताल ठिमीमा प्रस्तावित आठ, काठमाडौँ मेडिकल अस्पताल दुवाकोट शाखामा ७२, डा. इवामुरा मेमोरियलमा ६, नागरिक अस्पताल गठ्ठाघरमा तीन र सिद्धि स्मृति अस्पतालमा एक, क्यान्सर अस्पताल दूधपाटीमा प्रस्तावित पाँच शय्याको आइसोलेसन वार्ड तयार गरिएको स्वास्थ्य प्रमुख मिजारले बताए।
यसैगरी यिनै अस्पतालहरूको समन्वयमा थप २७ शय्याको आइसोलेसन वार्डसमेत विस्तार गर्न सकिने अवस्था रहेको उनको भनाइ छ। यी अस्पतालमा २३ शय्याको आईसीयू सञ्चालनको तयारी अवस्थामा रहेको र बाँकी १६ शय्या सञ्चालनका लागि प्रस्तावित अवस्थामा छन्।
जिल्लाको हब अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले आवश्यकता परे सबै अस्पतालले आइसोलेशन शय्या बढाउन सकिने गरी तयारी अघि बढाइएको जानकारी दिइन्।
भक्तपुर अस्पतालले नै १९ शय्याको सिङ्गो मेडिकल वार्डलाई आइसोलेसन वार्डमा परिणत गर्ने गरी कार्य अघि बढाइएको डा. गौतमकाे भनाइ छ।
उनले आवश्यक परे त्यहीँबाट संक्रमितको सम्पूर्ण स्वास्थ्य परीक्षणको व्यवस्थासमेत गर्ने जानकारी दिँदै अस्पतालमा संक्रमित आइहालेको अवस्थामा उचित उपचारका लागि आवश्यक स्वास्थ्य जनशक्तिलाई अस्पतालमै आवासीय व्यवस्थासमेत गरिएको बताए।
काठमाडौं मेडिकल अस्पतालका डा. बिनिता प्रधानले सरकारको स्वीकृति, सहयोग र सहजीकरण पाए कोभिड–१९ का बिरामी उपचारमा प्रयोग गर्न परेमा विशेष अस्पतालका रूपमा सेवा गर्न पनि तयार रहेको बताए। रासस
" /> भक्तपुर। स्वास्थ्य कार्यालय भक्तपुरले कोभिड-१९ को संक्रमणलाई दृष्टिगत गर्दै भक्तपुरमा रहेका अस्पतालको अवस्था र तयारीबारे अनुगमन थालेको छ।स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार नेतृत्वको टोलीले काेरोना संक्रमणको हब अस्पतालका रूपमा रहेको भक्तपुर अस्पताल दूधपाटी, डा. इवामुरा अस्पताल सल्लाघारी, सिद्धिस्मृति अस्पताल जगाती र केएमसी अस्पताल दुवाकोटको स्थलगत अनुगमन गरेको छ।

">