मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीकाे निर्देशन- ‘काेभिड-१९ काे जाेखिमबाट बच्‍न सबै तयारी गर्नू’
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सबै खालको तयारी गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकमा उनले सबै खालको तयारी गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले कोरोना भाइरसका साथसाथै आगलागी, चट्याङ, बाढीपहिरोबाट बच्नका लागि मन्त्रालयहरूले पूर्ण तयारी गर्न र जोखिम न्यूनीकरण गर्नका लागि आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीले विपद्का सूचना सङ्कलन प्रभावकारीरूपमा गर्नुपर्ने, सूचनाहरूको सहीरूपमा तथ्याङ्क राख्नाका साथै प्रदेश र स्थानीय सरकारलाई त्यस विषयमा सहयोग गरी जनचेतनामूलक काम गर्न सबै मन्त्रीलाई निर्देशन दिए।
बैठकमा परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल नेपालका कांग्रेसका सभापति नेता शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा मन्त्रीहरू उपस्थित थिए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्