काठमाडौं। आज अपराह्न काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीनजनालाई कोरोना भाइरस संक्रमणको आशंका गरेर प्रहरीले पाटन अस्पताल पुर्यायो। त्यसक्रममा सनसिटी अपार्टमेन्ट सिल गरेर भित्र बस्नेलाई बाहिर निस्कन र बाहिरकालाई भित्र प्रवेश गर्न रोक लगाइयो।
स्वास्थ्य मन्त्रालयको उच्च स्रोतका अनुसार करीब एक महीना पहिले बेलायतबाट फर्केका आमा, छोरा र बुहारीमा गरिएको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) ले नतिजा पोजिटिभ देखाएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको हो।
यो घटनालत्तै स्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले ट्वीटरमा एउटा भिडिओ अपलोड गरे। यो भिडिओ बनाउनैपर्ने भएर पेस गरिएको उल्लेख गर्दै उनले ट्वीटरमा लेखेका छन्, "आरडीटीले संक्रमण फेला पार्न थालेपछि धेरैजना आत्तिएको पाएँ। तथ्य यसप्रकार छः आश गर्छु यसले बुझाउन सहयोग गर्नेछ। संक्रमण हामीमाझ धेरै अघिदेखि नै छ। अहिले पहिचान भएको मात्र हो।"
भिडिओमार्फत् उनले दिएको सन्देश यसप्रकार छः
"र्यापिड टेष्टले कसैमा संक्रमण देखायो ? आत्तिनु पर्ने कुरा छैन र्यापिड टेष्टले हाम्रो रगतमा भएको प्रतिरोधात्मक शक्तिले बनाएको प्रोटिन (एण्टिबडी) लाई देखाउँछ। यो दुई किसिमका हुन्छन्, जसलाई आई जीएम र आई जी जी भनिन्छ। यदि शरीरमा संक्रमण भयो भने कम्तीमा ३ देखि ४ दिन र बढीमा ५-६ महीनासम्म रगतमा देखिन सक्छ। अहिले हाम्रो देशमा यो दुवैको जाँच गरिएको छ। आज पेप्सीकोलामा देखिएको संक्रमण पनि यस्तै खालको हो। यहाँ लण्डनबाट आएका मान्छेहरू बिरामी भएर जँचाउन जाँदा यो संक्रमण देखिएको होइन। यो सरकारले कण्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा सम्बन्धित निकायले पत्ता लगाएको हो भन्ने मैले बुझेको छु। र्यापिड टेष्टले कसैमा संक्रमण देखायो भने पनि आत्तिनु पर्ने कुरा छैन। यो स्वाभाविक हो। यसले तीन महीनाअघिको संक्रमण पनि समात्छ। एक हप्ता अघिको पनि समात्छ। एक महीना अघिको पनि समात्छ। र्यापिड टेष्टको (रमाइलो) पक्ष एउटा यो हो। तर, यो टेष्टले आजको दिनमा कोही व्यक्तिलाई संक्रमण छ की छैन भन्ने प्रश्नको भने उत्तर दिँदैन। यसको लागि पीसीआर नै चाहिन्छ। त्यसैले मैले बारम्बार भनेको छु, पीसीआर पहिचानको लागि हो। र्यापिड टेष्ट भनेको निगरानीको लागि हो।"
" /> काठमाडौं। आज अपराह्न काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीनजनालाई कोरोना भाइरस संक्रमणको आशंका गरेर प्रहरीले पाटन अस्पताल पुर्यायो। त्यसक्रममा सनसिटी अपार्टमेन्ट सिल गरेर भित्र बस्नेलाई बाहिर निस्कन र बाहिरकालाई भित्र प्रवेश गर्न रोक लगाइयो।यो भिडियो बनाउनै पर्ने भएर पेश गरें । आरडिटिले संक्रमण फेला पार्न थालेपछि धेरैजना आत्तिएको पाएं । तथ्य यसप्रकार छ । आश गर्छु यसले बुझाउन सहयोग गर्नेछ । संक्रमण हामी माझ धेरै अघिदेखि नै छ, अब पहिचान भएको मात्र हो । pic.twitter.com/mv1Bn3DOAw
— Sameer M Dixit, PhD?? (@smadixit) April 13, 2020
स्वास्थ्य मन्त्रालयको उच्च स्रोतका अनुसार करीब एक महीना पहिले बेलायतबाट फर्केका आमा, छोरा र बुहारीमा गरिएको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) ले नतिजा पोजिटिभ देखाएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको हो।
यो घटनालत्तै स्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षितले ट्वीटरमा एउटा भिडिओ अपलोड गरे। यो भिडिओ बनाउनैपर्ने भएर पेस गरिएको उल्लेख गर्दै उनले ट्वीटरमा लेखेका छन्, "आरडीटीले संक्रमण फेला पार्न थालेपछि धेरैजना आत्तिएको पाएँ। तथ्य यसप्रकार छः आश गर्छु यसले बुझाउन सहयोग गर्नेछ। संक्रमण हामीमाझ धेरै अघिदेखि नै छ। अहिले पहिचान भएको मात्र हो।"
भिडिओमार्फत् उनले दिएको सन्देश यसप्रकार छः
"र्यापिड टेष्टले कसैमा संक्रमण देखायो ? आत्तिनु पर्ने कुरा छैन र्यापिड टेष्टले हाम्रो रगतमा भएको प्रतिरोधात्मक शक्तिले बनाएको प्रोटिन (एण्टिबडी) लाई देखाउँछ। यो दुई किसिमका हुन्छन्, जसलाई आई जीएम र आई जी जी भनिन्छ। यदि शरीरमा संक्रमण भयो भने कम्तीमा ३ देखि ४ दिन र बढीमा ५-६ महीनासम्म रगतमा देखिन सक्छ। अहिले हाम्रो देशमा यो दुवैको जाँच गरिएको छ। आज पेप्सीकोलामा देखिएको संक्रमण पनि यस्तै खालको हो। यहाँ लण्डनबाट आएका मान्छेहरू बिरामी भएर जँचाउन जाँदा यो संक्रमण देखिएको होइन। यो सरकारले कण्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा सम्बन्धित निकायले पत्ता लगाएको हो भन्ने मैले बुझेको छु। र्यापिड टेष्टले कसैमा संक्रमण देखायो भने पनि आत्तिनु पर्ने कुरा छैन। यो स्वाभाविक हो। यसले तीन महीनाअघिको संक्रमण पनि समात्छ। एक हप्ता अघिको पनि समात्छ। एक महीना अघिको पनि समात्छ। र्यापिड टेष्टको (रमाइलो) पक्ष एउटा यो हो। तर, यो टेष्टले आजको दिनमा कोही व्यक्तिलाई संक्रमण छ की छैन भन्ने प्रश्नको भने उत्तर दिँदैन। यसको लागि पीसीआर नै चाहिन्छ। त्यसैले मैले बारम्बार भनेको छु, पीसीआर पहिचानको लागि हो। र्यापिड टेष्ट भनेको निगरानीको लागि हो।"
">यो भिडियो बनाउनै पर्ने भएर पेश गरें । आरडिटिले संक्रमण फेला पार्न थालेपछि धेरैजना आत्तिएको पाएं । तथ्य यसप्रकार छ । आश गर्छु यसले बुझाउन सहयोग गर्नेछ । संक्रमण हामी माझ धेरै अघिदेखि नै छ, अब पहिचान भएको मात्र हो । pic.twitter.com/mv1Bn3DOAw