कोभिड-१९ सँग जुध्न प्रदेश १ का स्थानीय तहहरूमा नौ करोड ५० लाख बजेट छुट्याइयो

विराटनगर। प्रदेश १ मा कोभिड-१९ को रोकथाम, उपचार र राहतका लागि स्थानीय तहलाई ९ करोड ५० लाख रूपैयाँ बजेट छुट्याएको छ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले हिजो, १ वैशाखमा सम्बोधन गर्दै त्यो बजेट महानगरपालिकालाई २० लाख रूपैयाँ, उपमहानगरपालिकाहरुलाई १५ लाख रूपैयाँ, नगरपालिकाहरुलाई १० लाख र गाउँपालिकालाई ५ लाखका दरले पठाइने जानकारी दिएका छन्।

त्यस्तै स्थानीय पालिकाहरू र स्थानीय प्रशासनसँगको समन्वय र अनुगमनको काममा खर्च गर्ने गरी १४ वटै जिल्ला समन्वय समितिहरुलाई ५-५ लाखका दरले ७० लाख रूपैयाँ रकम विनियोजन गरिएको छ।

कोभिड-१९ विरूद्ध अहोरात्र खटिरहेका नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, सबै जिल्ला सुरक्षा समितिहरुले खेलिरहेको भूमिकाको मुख्यमन्त्री राईले प्रशंसा गरेका छन्।

ती निकायलाई प्रोत्साहन स्वरुप एक करोड ६८ लाख रूपैयाँ निकासा गरिएको छ।

यसअघि प्रदेशका सबै सरकारी अस्पतालहरूलाई तीन करोड बजेट दिइसकिएको छ।

प्रतिक्रिया दिनुहोस्