कोभिड-१९ महामारीसँग जुध्‍न स्वास्थ्य मन्त्रालयको यस्तो छ रणनीति
काठमाडौं। विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ फैलिन नदिन अहिले देशैभर लकडाउन जारी छ।
कोरोना भाइरस संक्रमण संक्रमण, रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित गर्नका लागि छ वटा 'टी' लाई मुख्य रणनीतिका रूपमा अपनाएर काम गरिरहेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
छ वटा 'टी' मा ट्राभल रेष्ट्रिक्सन, टेष्टिङ, ट्रेसिङ, ट्रयाकिङ, ट्रिटमेन्ट र टुगेदर रहेका छन्।
पहिलो टी : ट्राभल रेष्ट्रिक्सन
आवतजावत बन्द गर्ने कामअन्तर्गत बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् भने नेपाल भित्र पनि ११ चैतदेखि लकडाउन जारी छ।
यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरु क्वारेन्टाइनमा रहन जरुरी छ । जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस् ।
हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन् । यो प्रभावकारी पनि सावित भएको छ ।
दोश्रो टी : टेष्टिङ
यसअन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको नमूना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमूना परीक्षण गरिनु हो।
तेश्रो टी : ट्रेसिङ
ट्रेसिङ्ग भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरू पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो। मन्त्रालयले यो कामकाो लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जिम्मा दिइएको बताएको छ।
चौथो टी : ट्रयाकिङ
सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा सो कुराको यकिन गरी उनीहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्रेकिङ्ग कार्य हो । मन्त्रालयले कल सेन्टरहरु, मोबाइल एप र वेवसाइटमार्फत ट्रयाकिङ गरिरहेको छ।
पाँचौ टी : ट्रिटमेन्ट
काठमाडौं उपत्यकाका र बाहिरका विभिन्न अस्पतालहरु कोभिड-१९ को उपचारका लागि तोकिएका छन्। संक्रमितको उपचारमा लाग्ने सबै खर्च सरकारले नि:शुल्क गर्ने प्रबन्ध गरेको छ।
छैटौं टी : टुगेदर
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्