क्यानडेली प्रधानमन्त्रीको अपील- 'पर्व मनाउँदै गर्दा कोभिड-१९ सँग बच्नूस्'
<p>ओटावा। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चाडपर्व मनाउँदै गर्दा कोभिड-१९ को महामारीलाई नजरअन्दाज नगर्न आग्रह गरेका छन्।</p>
<p>शिख जातिको पर्व ‘वैशाखी’का अवसरमा शुभकामना दिँदै ट्रुडोले तीन सय वर्षभन्दा बढी समयदेखि शिखहरू अप्रिलमा गुरु गोविन्दजीको सिर्जनाको सम्झना गर्दै एकसाथ उभिने गरेको उल्लेख गरेका छन्।</p>
<p>‘वैशाखी ती विषयमाथि ध्यान केन्द्रित गर्ने समय हो, जो परिवार, साथीभाइ र छिमेकीसँथ एकसाथ आउँछ,’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘तर, यस वर्ष स्वास्थ्यकर्मीको भनाइ सुनौं। उनीहरूले भनिरहेका छन्- हात धोऔं र घरमै बसौं।’</p>
<p>बाहिर यात्रा गर्नैपर्ने अवस्थामा अन्य व्यक्तिसँग कम्तिमा तीन मिटरको दूरी कायम राख्‍न उनले सम्झाएका छन्। ‘हामी सबैले कोभिड-१९ विरुद्ध लड्ने एक महत्वपूर्ण हिस्सा बन्‍नु जरुरी छ,’ उनले भने।</p>
प्रतिक्रिया दिनुहोस्