कोभिड-१९ बाट कास्की घान्द्रुक घर भएका पूर्वगोर्खा सैनिकको बेलायतमा मृत्यु
काठमाडौं। हिजो फेरि कोभिड-१९ का कारण एक पूर्वगोर्खा सैनिकको बेलायतमा  मृत्यु भएको छ।

लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय लक्षिणबहादुर गुरुङको १ बैशाख बिहान ७ बजे मृत्यु भएको हो।

रेडिङको अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको समाजसेवी कमल गुरुङले बताए।

गत दुई सातादेखि अस्पतालमा भर्ना भएका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।

पुर्ख्यौली घर कास्कीको घान्द्रुक भएका गुरुङको पोखराको दीपमा पनि घर छ।

घान्द्रुक समाज रेडिङमा समेत उनी केही पहिले अध्यक्ष थिए।

अहिलेसम्म सार्वजनिक भएको तथ्यांक अनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली नौ पुगेका छन् । तीमध्ये छजना पूर्वगोर्खा सैनिक छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्