भारतमा २१ वैशाखसम्म लकडाउन

काठमाडौं। भारतले ३ मे (२१ वैशाख) सम्म लकडाउन बढाउने घोषणा गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै लकडाउनको अवधि ३ मे सम्म पुर्‍याएको घोषणा गरेका हुन्।

भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले नियन्त्रण र रोकथामका लागि लकडाउन बढाउनु परेको बताएका छन्।

उनले अहिलेसम्म जनताको साथ र सहयोगले नियन्त्रण गर्न सफल भएको भन्दै अझै केही समय सबैले साथ दिनुपर्ने बताए।

उनले भारतका सबै राज्य र जनताले पनि लकडाउन बढाउन माग गरेका कारणले पनि बढाइएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्