कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

काठमाडौं। दक्षिण कोरियाले रोजगारीका लागि इपीएस प्रणालीमार्फत कोरियामा रोजगारी गरिरहेका नेपाली कामदारलाई ५० दिन भिसा थप्‍ने निर्णय गरेको छ।

कोरियाको श्रम मन्त्रालयका अनुसार १४ अप्रिल (आज) देखि लागू हुने गरी इपीएसमार्फत कोरिया आएर भिसा अवधि सकिन लागेका नेपालसहित १५ मुलुकका प्रवासी कामदारलाई ५० दिनको भिसा थप हुने भएको हो ।

उनीहरू कोभिड-१९ को महामारीका कारण स्वदेश फर्कन सकेका छैनन्।

इपिएस प्रणालीमार्फत कोरिया आएर रोजगारी गर्ने मजदुरले कोरियामा चार वर्ष १० महिना मात्र बस्‍न पाउने नियम छ ।

सोही नियमअनुसार चार वर्ष १० महिना अवधि पूरा भएका कामदार स्वदेश फर्कनुपर्छ । चार वर्ष १० महिना अवधि पूरा भएर पनि कोभिड-१९ को महामारीका कारण स्वदेश फर्कन नसकेका १८ हजार पाँच सय प्रवासी मजदुर (इ-९) लाई यो निर्णयले सहज बनाएको छ ।

यसअघि फेब्रुअरीमा पनि ५० दिन भिसा थप्‍ने निर्णय भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्