दैलेखका ११ स्थानीय तहले खडा गरे चार करोडको राहत कोष

दैलेख। यहाँका ११ स्थानीय तहले चार करोडको विपत् कोष खडा गरेका छन्।

कोभिड-१९ को रोकथाम तथा उपचारको तयारीको लागि औषधि, खाद्यान्‍नलगायतका सामग्री खरीद गर्न ती उनीहरूले सो रकम जुटाएका हुन्।

आठबीस नगरपालिकाले ७९ लाख, नारायण नगरपालिकाले ३० लाख, दुल्लू नगरपालिकाले ६३ लाख, चामुण्डा बिन्द्रासैनी नगरपालिकाले ५० लाख रकम सो कोषमा जम्मा गरिसकेका छन्।

त्यस्तै नौमूले गाउँपालिकाले १० लाख, डुगेश्वर गाउँपालिकाले २५ लाख, भगवतीमाई गाउँपालिकाले ३० लाख, महावु गाउँपालिकाले ५० लाख, भैरवी गाउँपालिकाले १९ लाख, गुराँस गाउँपालिकाले ३० लाख रकम कोषमा जम्मा गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्