वीरगंजमा तीन भारतीय र कैलालीमा एक महिलामा देखिएको कोभिड-१९ 'लोकल ट्रान्समिसन' हो?
काठमाडौं। पर्साको वीरगंज महानगरपालिका-२ को छपकैयास्थित एक मस्जिदमा आश्रय लिएर बसेका तीनजना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पाँच दिन बितिसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूमा कोरोना संक्रमण पुष्टि भएकै दिन ‘ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ’ को काम शुरू भएको जनाएको थियो।
संक्रमण पुष्टि भएपछि तीनैजनाको नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको छ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूमा संक्रमण भएको पुष्टि गरे पनि संक्रमण कसरी भयो त भन्ने प्रष्ट जवाफ दिन सकेको छैन। दुईजना उत्तर प्रदेशका र एकजना दिल्लीका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो।
तीनैजनाको 'ट्राभल हिस्ट्री' हेर्दा उनीहरू २ पुसमा नै नेपाल प्रवेश गरेको देखिन्छ। त्यसपछि उनीहरू नेपालकै विभिन्न स्थानमा गएको अनुसन्धानले देखाउँछ।
“उनीहरू नेपाल प्रवेश गरेको हेर्ने हो भने यही संक्रमण भएको अनुमान गर्न सकिन्छ”, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, “चार महीनाको अवधिमा विभिन्न स्थानमा घुमेकाले त्यही क्रममा कुनै संक्रमितबाट पनि संक्रमण भएको की भन्ने हो।”
खुल्ला सीमा नाका भएकाले नेपालमा रहेकै बेला पनि उनीहरू भारततर्फ गएर फेरि नेपाल आएको हुन सक्ने आशंका छ। तर, उनीहरूले भने नेपाल प्रवेश गरेपछि भारततर्फ नगएको दाबी गरेका छन्।
वीरगंज महानगरपालिका- २ को जामे मस्जिदमा बस्ने उनीहरूमा संक्रमण पुष्टि भएपछि त्यहाँ बस्ने अन्य आशंकित ३६ जनाको थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको छ।
“शंकास्पदको थ्रोट स्वाबको नमूना परीक्षण र अन्य आसपास क्षेत्रमा आरडीटी किटबाट परीक्षण तीव्र बनाइएको छ”, सहायक प्रजिअ बस्नेतले भने, “थ्रोट स्वाबको रिपोर्ट आएपछि उनीहरूको अवस्था के छ त्यसबाट केही तथ्य बाहिर आउँछ।”
संक्रमित तीनजना नेपाल प्रवेश गरेपछि भारततर्फ नगएरै यहाँ नै संक्रमित भएका हुन् भने त्यो सबैभन्दा डरलाग्दो हुने उनी बताउँछन्।
लकडाउनअघि दुवैतर्फको आवागमनका क्रममा कुनै संक्रमित मानिसहरूबाट पनि उनीहरूमा संक्रमण भएको हुनसक्ने देखिन्छ।
नेपालभित्रै वा बाहिरबाट नै संक्रमण भएको भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले प्रष्ट जवाफ दिएको छैन।
मन्त्रालयले अहिलेसम्म कैलाली धनगढीकी एकजना महिलामा मात्रै 'लोकल ट्रान्समिसन' भएको बताएको छ।
नेपालमा आएका संक्रमित तीनजनासहितका भारतीय नागरिकहरू २-६ फागुनसम्म सप्तरीमा भएको धार्मिक सभामा सहभागी थिए। त्यसपछि उनीहरू वीरगंज आएका हुन्।
चार महिनाअघि नेपाल आएर बसेका उनीहरूमा कोरोना संक्रमण हुनुले ठूलो प्रश्न उठेको छ।
सहायक प्रजिअ बस्नेतले यस बारेमा गहन रुपमा अनुसन्धान भइरहेको बताए।
स्थानीय प्रशासनले वीरगंजलगायत क्षेत्रमा सतर्कता अपनाएको छ।
उक्त मस्जिदमा रहेका अन्य २६ जना सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ।
अहिले पर्सा जिल्ला भरीमा १३६ जना क्वारेन्टाइनमा रहेको र उनीहरूको परीक्षणको काम भइरहेको छ।
वीरगंजबाट नै १७ चैतमा कैलालीको लम्की पुगेकी एक ६५ वर्षीया महिलामा हिजो, १ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको छ।
उनको 'ट्राभल हिस्ट्री' वीरगंज-कैलाली देखिन्छ। उनी वीरगंजमा नै संक्रमित भएकी हुन् वा लम्की पुगेपछि यो प्रश्न पनि अनुत्तरित नै छ।
लकडाउन भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले १७ चैतमा ३५ जनालाई पश्चिमतर्फ आउने अनुमति दिएको थियो। त्यही समूहमा उनी पनि आएकी थिइन्।
१ बैशाखमा नै रौतहटको ईशनाथ नगरपालिका- ५ का १९ वर्षीय युवकमा पनि कोभिड-१९ पुष्टि भएको छ। ती युवा भने नेपाल र भारत दुवैतिर लकडाउन भएका अवस्थामा लुकेर नेपाल आएका हुन्।
मन्त्रालयका विज्ञ सल्लाहाकार डा. खेम कार्कीले यस विषयमा आज बिहान गम्भीर छलफल भएको जानकारी दिए।
“अहिले बाहिर आएका 'ट्राभल हिस्ट्री' पत्याउने खालको छैन। यी मानिसहरूले 'ट्राभलको हिस्ट्री' ढाँटिरहेको हुनुपर्छ। विदेशबाट आएको हो भनेपछि अन्य थुप्रै कुराहरू हुन्छ भन्ने डर हुनसक्छ”, उनले भने, “अब वीरगंजमा चियापसल गर्ने मानिसलाई सोझै देखिने हो भने त उनीसँगै आउने मानिसहरूलाई पनि देखिनुपर्ने हो।"
मस्जिदमा संक्रमण भेटिएका मानिसहरू चार महीना अघिदेखि नै यहाँ बसेको भए अरु पनि संक्रमित भेटिनुपर्ने कार्की बताउँछन्।
“त्यसैले अहिले बाहिर आएको यो हिस्ट्रीलाई मात्र आधार मान्दा क्लियर छैन ”, उनले भने, “त्यसका लागि अहिले 'हिस्ट्री ट्रयाकिङ' र 'ट्रेसिङ' गर्नका लागि उच्चस्तरीय समितिले सबै खालको संयन्त्र परिचालन गरेर काम गरिरहेको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्