सनसिटी अपार्टमेन्ट वेल्फेयर सोसाइटीले भन्यो- ‘अर्थमन्त्री बधाई दिन आउनुभएको छैन’

काठमाडौं। पेप्सीकोलास्थित ‘सनसिटी अपार्टमेन्ट वेल्फेयर सोसाइटी’ ले निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन अर्थ, सूचना तथा सञ्‍चार प्रविधि मन्त्री युवराज खतिवडा नआएको प्रष्‍ट पारेको छ।

सोसाइटीका सदस्य अनुप अग्रवालले देखापढीसँग कुरा गर्दै अर्थमन्त्री नआएको प्रष्‍ट्याएका हुन्। “बाहिर सुनिएको हल्ला मात्रै हो। अर्थमन्त्रीज्यू यहाँ आउनु भएको छैन,” उनले भने, “यो आन्तरिक चुनाव भएको थियो। त्यस क्रममा पनि सुरक्षाको सबै सावधानी अपनाएरै गरेका हौं।”

कोरोना भाइरसको संक्रमण देखिएका व्यक्तिहरू मतदानमा सहभागी भए-नभएको बुझ्‍ने काम भइरहेको उनले बताए। कार्यसमितिको सचिवमा निर्वाचित भएका तिलक खतिवडा अर्थमन्त्रीका छोरा हुन्।

सदस्य अग्रवालले अपार्टमेन्टमा रहेका ५ वटा ब्लकमध्ये संक्रमित भएका भनिएका तीनैजना ए ब्लकको १५ औं तलाको छैटौं फ्ल्याटमा बस्दै आएको जानकारी दिए।

उनीहरू बेलायतबाट फर्किएपछि १४ दिनसम्म सेल्फ क्‍वारेन्टाइमै बसेको खुलेको छ। उनीहरू तीनैजना ५ चैतमा बेलायतबाट फर्किएका थिए।

गत ८ चैतमा ‘सनसिटी अपार्टमेन्ट वेल्फेयर सोसाइटी’ को चुनाव भएको थियो। पाँच वटा ब्लक रहेको उक्त अपार्टमेन्टमा ५ सय फ्ल्याट छन्।

प्रतिक्रिया दिनुहोस्