१५ वैशाखसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं। सरकारले १५ वैशाखसम्म लकडाउन बढाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले १२ दिन लकडाउन बढाउने निर्णय गरेको भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन्।

मन्त्रिपरिषद बैठकले लकडाउन लम्बाउने निर्णय गरेको यो चौँथो पटक हो।

तेस्रो पटकसम्म गरिएको लकडाउन भोलि ३ वैशाख राति १२ बजे सकिँदै थियो।

आज बसेको मन्त्रिपरिषद् बैठकले १५ वैशासम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो।

सरकारले पहिलोपटक ११ चैतदेखि लकडाउन लागू गरेको थियो।

नेपालमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि लकडाउन गरिएको हो।

अहिलेसम्म १६ जनामा यसको संक्रमण देखिएको छ। यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने बाँकीको उपचार भइरहेको छ।

पछिल्लोपटक आज काठमाडाैंको सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोभिड-१९ देखिएको छ।

उनीहरू ५ चैतमा बेलायतबाट आएको बुझिएको छ। संक्रमितहरू आमाछोरा हुन्।

प्रतिक्रिया दिनुहोस्