दाङमा काेभिड-१९ बारे अफवाह फैलाउने पक्राउ
दाङ। कोभिड-१९ बारे सामाजिक सञ्जालमा अफवाह फैलाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

दाङमा पनि एकजना कोरोना भाइरस संक्रमित भेटिएको भनेर आज फेसबुकमा स्टाटस राखेको भन्दै घोराही उपमहानगरपालिका-१५ का २८ वर्षीय दीपक न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमीत खड्काले अनुसन्धान भइरहेकाे बताए।

तरकारी बजार बन्द

भारतबाट तरकारी आयात गरेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तरकारी बजार आज बन्द गरिएको छ।

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै भारतबाट तरकारी आयात नगर्ने निर्णय विपरीत तरकारी फलफूल आयात भएपछि तुलसीपुर-६ स्थित बजार सिल गरिएको तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावतले बताए।

प्रत्येक दिन पाँचवटासम्म भारतीय गाडीले तरकारी ल्याउने गरेका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले सिल गरेको संघका अध्यक्ष रावतकाे भनाइ छ।

यस्तै भारतीय तरकारी र फलफूल बिक्री गरेको भन्दै सापकोटा तरकारी पसल र मनोज ‘फ्रुट हाउस’का सञ्चालकलाई कारबाही गरिने भएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्