काठमाडौं। कोरोना भाइरस संक्रमण पुष्टि भएका पेप्सिकोलास्थित् सनसिटी अपार्टमेन्टमा बस्ने आमा र छोरा ५ चैतमा कतार एअरवेजको जहाजबाट काठमाडौं पुगेको खुलेको छ।
४ चैत बेलुका कतारबाट उडान भरेको उनीहरू सवार कतार एअरवेजको फ्लाइट नम्बर क्यूआर ६४४ जहाज ५ चैत बिहान ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण भएको थियो।
उनीहरूकी बुहारी पनि त्यहिदिन सँगै आएकी थिइन्। तर, उनमा कोरोना भाइरस संक्रमण देखिएको छैन।
आरडीटी परीक्षणमा संक्रमण देखिएपनि पीसीआर परीक्षबाट भने बुहारीमा संक्रमण नभएको पुष्टि भएको हो।
उनीहरू तीनैजना बेलायत हुँदै कतारको दोहा र त्यहाँबाट कतार एअरवेज भएर काठमाडौं आइपुगेका थिए। उक्त विमानमा उनीहरूसहित १५३ जना यात्रु नेपाल आएका प्रहरीले जनाएको छ।
“उक्त विमानमा रहेका अन्य यात्रुहरूको विवरण विमानस्थलमा रहेको प्रहरी हेल्थ डेस्कबाट लिएर ट्रेसिङको काम शुरू गरिएको छ”, नेपाल प्रहरी प्रवक्ता, एसएसपी उमेशराज जोशीले देखापढीलाई भने, “उनीहरूको विवरण हेरेर सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा क्वारेन्टाइनमा राख्ने र निगरानीको काम हुन्छ।”
प्रहरीले उक्त विमानमा आएका यात्रुहरूलाई सेल्फ क्वारेन्टाइनमा बस्न र स्वास्थ्य परीक्षणका लागि नजिकैको अस्पतालमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ।
नेपाल पुगेको करीब एकमहीना हुन लाग्दा उनीहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त विमानमा सवार भएका अन्य यात्रु र उनीहरू कति जनाको सम्पर्कमा पुगे त्यो सबै ट्रेसिङ चुनौतीपूर्ण हुने स्वास्थ्यकर्मी बताउँछन्।
प्रहरीले सम्पर्कमा आउने जतिलाई क्वारेन्टाइनमा राखेर निगरानी गरिने बताएको छ।
यसअघि ४ चैतमा कतार एअरवेजको क्यूआर ६५२ नम्बरको विमानबाट नेपाल आएका तीन जनामा पनि कोभिड–१९ देखिएको थियो।
उनीहरू तीनै जनाको अहिले आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमण पुष्टि भएका पेप्सिकोलास्थित् सनसिटी अपार्टमेन्टमा बस्ने आमा र छोरा ५ चैतमा कतार एअरवेजको जहाजबाट काठमाडौं पुगेको खुलेको छ।४ चैत बेलुका कतारबाट उडान भरेको उनीहरू सवार कतार एअरवेजको फ्लाइट नम्बर क्यूआर ६४४ जहाज ५ चैत बिहान ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण भएको थियो।

">