भारतमा काेभिड-१९: २४ घण्टामा एक हजार २११ नयाँ संक्रमित थपिए

भारत। भारतमा २४ घन्टामा ‘कोभिड-१९’ संक्रमितको संख्यामा एक हजार २११ जना नयाँ थपिएका छन्।

भारतमा कोरोना भाइरसका संक्रमितको संख्या १० हजार ३६३ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज बिहान जानकारी दिएको छ।

उक्त मन्त्रालयका अनुसार गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३१ रहेको पाइएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३३९ पुगेको छ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये एक हजार ३६ जना उपचारपछि फर्किएकाे जनाइएको छ। हाल ८ हजार ९८८ जना कोरोना भाइरस संक्रमितहरू उपचाररत छन्।

भारतको महाराष्ट्र राज्यमा कोभिड-१९ का संक्रमितहरू दिन प्रतिदिन बढ्दै गएका छन्। महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या २ हजार ३३४ जना पुगेको समाचारमा जनाइएको छ।

महाराष्ट्रपछि सबैभन्दा बढी कोरोना संक्रमित नयाँ दिल्लीमा छन्। नयाँ दिल्लीमा मात्र यसका एक हजार ५१० जना संक्रमित छन्। त्यसैगरी तमिलनाडूमा एक हजार १७३ संक्रमित छन्।

राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढ राज्यमा पनि कोभिड-१९ संक्रमितहरू भेटिएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्