संकटको समयमा उदाहरणिय नेतृत्वको खोजिमा हुनुहुन्छ ? आइसल्याण्डदेखि ताइवानसम्म र जर्मनीदेखि न्यूजिल्याण्डसम्मका महिला नेतृले संकटको व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने उदाहरण संसारलाई देखाइरहेका छन्। फिनल्याण्ड तथा डेनमार्क जस्ता देश पनि यो सूचिमा थपिन्छन्। प्रकोपले संसार नै प्रताडित भएका बेला महिलाले के गर्नसक्छन् भन्ने यसले देखाएको छ।
धेरैले भन्नेछन् यी साना देशहरू हुन्, वा आइल्याण्डहरू हुन् वा यी देशमा अन्य अपवाद छन्। तर, जर्मनी ठूलो देश हो। जबकी जर्मनी भन्दा सानो बेलायतको अवस्था धेरै बिग्रेको छ। यी महिला नेतृहरूले राजकीय शक्तिको प्रयोग गर्ने आकर्षक र वैकल्पिक तरिका देखाइरहेका छन्।
सत्य
जर्मन चान्सलर एन्जेला मार्केलले शुरूमै भनेकी थिइन्- यो एउटा गम्भीर अवस्था हो र यसले ७० प्रतिशतसम्म जनसंख्या संक्रमित बनाउन सक्छ। “यो गम्भीर अवस्था हो”, उनले भनिन्, “यसलाई गम्भीरतापूर्वक नै लिऔं।” उनीहरूले यसै गरे। शुरूआती चरणबाटै परीक्षण थाले।
हामीले अन्यत्र देखेजस्तो संक्रमणलाई अस्वीकार गर्ने, रिस देखाउने र विवाद गर्ने जस्ता कुरामा जर्मनी अल्झिएन। संक्रमितको संख्या अन्य युरोपियन देशको तुलनामा जर्मनीमा धेरै कम छ।
निर्णायक
महामारीविरूद्ध तुरून्तै र छिटो गतिमा काम थाल्नेमा ताइवानकी नेतृ त्साई इंग वेन पर्छिन्। जनवरीको शुरूआतताका महामारीको प्रारम्भिक लक्षणहरू देखिएकाबेला त्यसको विस्तार रोक्न उनले १२४ वटा विभिन्न उपाय लागू गरेकी थिइन्। जसमा अन्यत्र सामान्य बनिसकेको ‘लकडाउन’ लागू गरिएको थिएन।
उनले अहिले करीब १ करोड ‘फेस मास्क’ युरोपेली देशहरू र अमेरिकामा पठाइरहेकी छन्। ताइवानमा अहिलेसम्म कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ६ जना मात्रै रहेको छ। सीएनएनले त्साई इंग वेनले ताइवानमा कोभिड-१९ नियन्त्रणका लागि गरेको प्रयासलाई ‘संसारभरमा उत्कृष्टमध्येको’ भनेको छ।
न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले शुरूवातमै लकडाउन गरिन्। यो अधिकतम सावधानी किन आवश्यक छ भन्नेमा उनी स्पष्ट थिइन्। उनले न्यूजिल्याण्ड प्रवेश गर्ने व्यक्तिहरू सेल्फ आइसोलेसनमा बस्नुपर्ने नियम निकै पहिले लागू गरेकी थिइन्, त्यतिबेला पूरै देशभरमा जम्मा ६ जना मात्र संक्रमित थिए। त्यसलगत्तै उनले विदेशीहरूलाई न्यूजिल्याण्ड प्रवेशमा रोक लगाइन्।
यस्ता स्पष्टता र निर्णायक कदमहरूद्वारा उनले न्यूजिल्याण्डलाई महामारीको भुमरीमा पर्नबाट जोगाइन्। जसका कारण अप्रिल महीनाको मध्यसम्ममा जम्मा चार जनाको मात्र मृत्यु भएको छ। जतिबेला अन्य देशहरूले कोभिड-१९ लाई रोक्न लागू गरिएका प्रतिबन्धहरू हटाउनेबारे चर्चा गरिरहँदा उनले भने त्यस्ता प्रतिबन्ध थप्दैछिन्। न्यूजिल्याण्ड फर्कने सबै व्यक्तिहरू तोकिएका स्थानमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नैपर्ने अनिवार्य गरिएको छ।
प्रविधि
आइसल्याण्डकी प्रधानमन्त्री कट्रिन जाकोब्स्डोट्टिरले देशका सबै नागरिकलाई कोरोना भाइरसको संक्रमण भए/नभएको निशुल्क परीक्षणको व्यवस्था मिलाएकी छन्। कोभिड-१९ को वास्तविक विस्तार र त्यसबाट हुने मृत्युदर अध्ययनका लागि यो एउटा गजब ‘केस’ हुनेछ। धेरैजसो देशहरूले संक्रमणका लक्षण देखिएका व्यक्तिको मात्र परीक्षण गर्ने व्यवस्था मिलाएका छन्। आइसल्याण्डले भने सबै व्यक्तिको परीक्षण गर्दैछ।
देशको जनसंख्याको अनुपातमा आइसल्याण्डले दक्षिण कोरियाको भन्दा पाँच गुणा बढी ‘स्क्रिनिङ’ गरिसकेको छ र पूर्ण ‘ट्रयाकिङ’ प्रणाली स्थापना गरेको छ। जसको अर्थ उनीहरूले लकडाउन गर्नुपर्दैन वा विद्यालय बन्द गर्नु पर्दैन। सन् २०१९ को डिसेम्बरमा फिनल्याण्डकी प्रधानमन्त्री निर्वाचित भएपछि साना मरिन विश्वकै कान्छी राष्ट्र-प्रमुख बनेकी थिइन्।
उनले सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तिहरूलाई कोरोना भाइरसविरूद्धको लडाईंमा उपयोग गरिन्। सबै व्यक्तिले पत्रिका नपढ्ने तथ्यलाई आत्मसाथ गर्दै उनले सामाजिक सञ्जालका त्यस्ता सेलिब्रेटीलाई तथ्यमा आधारित सूचना प्रवाह गर्न प्रोत्साहन गरिन्।
प्रेम
नर्वेकी प्रधानमन्त्री एर्ना सुल्बर्गले देशका बालबालिकासँग प्रत्यक्ष संवाद गर्नका लागि टेलिभिजनलाई प्रयोग गर्ने नयाँ तरिका अपनाइन्। केही दिन पहिले डेनमार्ककी प्रधानमन्त्री मेट्टे फेडेरिक्सनले गरेजस्तै नर्वेकी प्रधानमन्त्रीले पनि तीन मिनेट लामो ‘प्रेस कन्फ्रेन्स’ गर्न थालिन्। उनले नियमित रूपमा गर्ने ‘प्रेस कन्फ्रेन्स’ मा वयस्क व्यक्ति सहभागी हुन पाउँदैनन्। उनले देशभरका बालबालिकाका प्रश्न सुन्छिन् र तिनलाई पालैपालो जवाफ दिन्छिन्। मौलिक र स्पष्ट विचारले कति गजबको काम गर्छ भन्ने उदाहरण हो यो। यस्तै अन्य सरल र मौलिक विचारले महिला नेतृत्वलाई बढवा दिनेछ।
साधारणतया, यी सबै महिला नेतृले अपनाएका नवीन तरिकाहरू हामीले आजसम्म देखे भन्दा छुट्टै ब्रह्माण्डबाट आएका जस्ता देखिन्छन्। यस्तो लाग्छ कि उनीहरूका हात भिडिओबाट बाहिर आएर तपाईंलाई आत्मियतापूर्वक मायाको अंगालोमा राख्दैछन्। नेताहरू यस्ता पनि हुनसक्छन् भन्ने कसलाई थाहा थियो र ? अहिले हामीले थाहा पाएका छौं।
अब यी नेता र यिनका कथा ती शक्तिशाली नेतासँग तुलना गरौं जसले यो संकटलाई अधिनायकवाद लाद्न उपयोग गर्दै छन्। जहाँ उनीहरू ‘अरूहरू’लाई दोषारोपण गर्छन्, न्यायालय कब्जा गर्छन्, पत्रकारलाई धम्काउँछन् (जस्तै: डोनल्ड ट्रम्प, जायर बोल्सोनारो, एन्ड्रेस म्यानुअल लोपेज ओब्रेडोर, नरेन्द्र मोदी, रोड्रिगो डुटर्टे, भिक्टोर अर्बान, भ्लाद्मिर पुटिन, बेन्जामिन नेतान्यूह)।
वर्षौंदेखि भइरहेका विभिन्न अनुसन्धानले महिलाको नेतृत्व शैली भिन्न प्रकारको र लाभदायक हुनसक्ने सुझाएका छन्। यस्तो सुझावका बाबजुद कैयौं राजनीतिक संगठन वा कम्पनीहरूले अझै पनि नेतृत्व गर्न वा सफल हुन चाहने हो भने महिलाले पनि पुरूषले जस्तै व्यवहार गर्नुपर्छ भन्दै आएका छन्। यद्यपी यी नेताहरू त्यस्ता ‘केस स्टडी’ हुन्, जसले ती सात महिला नेतृहरूबाट पुरूषले के सिक्न सक्छन् भन्ने देखाउँछन्।
फोर्ब्सबाट भावानुवाद।
" /> संकटको समयमा उदाहरणिय नेतृत्वको खोजिमा हुनुहुन्छ ? आइसल्याण्डदेखि ताइवानसम्म र जर्मनीदेखि न्यूजिल्याण्डसम्मका महिला नेतृले संकटको व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने उदाहरण संसारलाई देखाइरहेका छन्। फिनल्याण्ड तथा डेनमार्क जस्ता देश पनि यो सूचिमा थपिन्छन्। प्रकोपले संसार नै प्रताडित भएका बेला महिलाले के गर्नसक्छन् भन्ने यसले देखाएको छ।धेरैले भन्नेछन् यी साना देशहरू हुन्, वा आइल्याण्डहरू हुन् वा यी देशमा अन्य अपवाद छन्। तर, जर्मनी ठूलो देश हो। जबकी जर्मनी भन्दा सानो बेलायतको अवस्था धेरै बिग्रेको छ। यी महिला नेतृहरूले राजकीय शक्तिको प्रयोग गर्ने आकर्षक र वैकल्पिक तरिका देखाइरहेका छन्।

">